काठमाडौँ २७ भदौ । ‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाएका नेपाल प्रहरीसहितका केहीको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको समाचार छ।
उक्त आन्दोलनमा ज्यान गुमाएका सिन्धुली स्थायी ठेगाना भएका नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक मिलन राई, दार्चुला लेकम ठेगाना भएका प्रहरी जवान उत्तम थापा, बझाङ स्थायी ठेगाना भएका जेनजी युवा सुवास बोहरालगायतको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक अपिलराज बोहराले जनाए।
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा शव परीक्षणपछि आज पशुपति आर्यघाटमा लगेर अन्त्येष्टि गरिएको थियाे।
प्रसनि राई र प्रहरी जवान थापालाई नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक सिद्धि विक्रम शाह, दान बहादुर कार्की, डा मनोज केसी लगायतका प्रहरी अधिकारीले आज पशुपति आर्यघाट पुगेर श्रद्धाञ्जली व्यक्त गरेका थिए।
जेनजी प्रदर्शनका क्रममा देशभरमा प्रहरीसहित मृत्यु हुनेको सङ्ख्या ५१ पुगेको जनाए छ। जसमा तीन प्रहरी, एक भारतीय महिला रहेका छन्।
प्रतिक्रिया