वीरगंज २७ भदाै । भारतबाट नेपाल प्रवेश गर्ने मालवाहक सवारीसाधनहरू वीरगंज भन्सारमा सवारी साधनकाे लामाे लाइन रहेकाे छ ।
भने भन्सार कार्यालयमा कर्मचारी नहुँदा नेपालका विभिन्न ठाउँमा जाने करिब एक हजार मालवाहक सवारी साधन भन्सारमा थन्किएर बसेका छन् ।
वीरगंज स्थित एकीकृत जाँच चौकी (आइसीपी) र ड्राइपोर्टको पार्किङ स्थलमा ती सवारी साधन थन्किएकाे छ । जेनजीको आन्दोलनपछि विकसित घटनाक्रमले गर्दा भन्सार कार्यालयमा कर्मचारी प्रशासनको उपस्थिति छैनन ।
भन्सार कार्यालयमा कोही कर्मचारी नहुँदा मालवाहक सवारीसाधन रोकिएको चालकहरूको भनाइ रहेकाे छ । पाँच दिन देखि सबै सवारीसाधन आइसीपीको भन्सार पार्किङ स्थलमा थन्किएको उनीहरू बताउँछन् ।
त्यहाँ रहेका कतिपय सवारी साधनको जाँच पास भएको छैन भने जाँचपास भएका गाडीहरू पनि सुरक्षा ग्यारेन्टी नहुँदा गन्तव्यतर्फ जान नसकेका हुन् ।
भारतको मध्य प्रदेशबाट धनियाँ लिएर आएकाे फिरोजले आफ्नो गाडी भन्सारमा ६ दिनदेखि थन्किएको जनाए । ‘आन्दोलनको अघिल्लो दिन आइपुगेको थिएँ,’ उनले भने - ‘६ दिनदेखि गाडी भन्सारमै थन्किएको छ ।’
भन्सार कार्यालयमा कुनै कर्मचारी नहुँदा जाँच पास ( भन्सार ) बुझाउन नसकिएको उनले भने । उनले भने-‘अब चाँडै गाडी पठाइएन भने सबै सामान बिग्रिने सम्भावना बताए । हामीलाई पनि खान – बस्न कठिनाइ भइरहेको जनाए ।’
चालकका अनुसार नेपालस्थित भन्सार पार्किङमा एक हजारभन्दा बढी मालकवाहक सवारीसाधन छन् । पूरै पार्किङस्थल मालबाहक गाडीले भरिएको उनले बताए ।
भारतको उत्तर प्रदेशका चालक अनुजले आफ्नो गाडी ६ दिनदेखि रोकिएको जनाए । गाडीको भन्सारसम्बन्धी काम पूरा भइसके पनि सुरक्षा व्यवस्था नहुँदा सामान पुर्याउन नसकिएको उनले बताए ।
‘कुखुराको दाना लिएर आएको हुँ,’ उनले भने, ‘हेटौंडामा पुर्याउनुपर्ने हो, तर अगाडि लिएर जान समस्या छ ।’ उनले लामो समय अलपत्र पर्दा खाना – बस्न समस्या हुँदै गएको जनाए ।
राजस्थानका रविको समस्या पनि उस्तै छ । ‘पाँच दिनदेखि यहीँ बसिरहेको छु,’ उनले भने, काठमाडौँकालागि काठको सामान लिएर आएको छु, तर अगाडि जान सकिएको छैन ।’ उनका अनुसार राजस्थानकै मात्र ३५ वटा गाडी पार्किङस्थलमा छन् ।
वीरगन्ज भन्सार कार्यालयका प्रमुख विष्णु प्रसाद ज्ञवालीले नेपालमा प्रवेश गरेका मालक वाहक सवारी साधनहरूलाई सम्बन्धित ठाउँमा पठाउने काम भइरहेको जनाए ।
‘वीरगंज भन्सारमा आएका गाडीहरू हामीले पठाइ रहेका छौँ । हिजो पनि औषधि, ग्यास, खाद्यान्न बोकेका गाडीहरू पठाइयो । आज साँझ पनि पठाउने तयारी गरिएको जनाए ।
प्रतिक्रिया