[समाचार]$type=blogging$count=5$cate=0$author=hide$date=hide$$show=home$$com=hide

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

neelambads

चन्द्रनिगाहपुर र गाैरमा कर्फ्यु जारी, प्रहरीद्वारा दर्जनौँ राउन्ड हवाई फायर

580

 
चन्द्रनिगाहपुर २४ भदाै । देशभर फैलिँदै गएको जेनरेशन जेनजी आन्दोलन रौतहटमा समेत उग्र बन्दै गएपछि जिल्ला प्रशासन कार्यालयले गौर र चन्द्रनिगाहपुर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको समाचार छ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) बमोजिम मंगलबार सिडियो विनोद कुमार खड्काद्वारा हस्ताक्षरित आदेशअनुसार गौरमा दिउँसो १२ बजेदेखि र चन्द्रनिगाहपुरमा बिहान ११ ः ३० बजेदेखि कर्फ्यु लागू गरेको हो।

गौरमा विपी चोकदेखि बसपार्क, बरहवा पुल पारी हुँदै टिकुलिया गाउँसम्म र चन्द्रनिगाहपुरमा गौर – चपुर चोकदेखि गैडाटार जाने बाटोको पानी ट्यांकी भ्यू टावर, चाँदी खोलाको पुल पारी, घोडीदेवी मन्दिर र जिल्ला ट्राफिक कार्यालयसम्मको परिधि कर्फ्यु क्षेत्र तोकिएको छ।

कर्फ्यु अवधिभर एम्बुलेन्स, दमकल, शवबाहन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, मानवअधिकारकर्मी, पर्यटक सवारीसाधन तथा कूटनीतिक नियोगका गाडीलाई सुरक्षाकर्मीको सहजीकरणमा निर्वाध आवागमन गर्न दिइने प्रशासनले स्पष्ट पारेको छ।

यसअघि सोमबार देशभर भएको विरोध प्रदर्शनमा सरकारी दमनका कारण १९ जनाभन्दा बढीको मृत्यु भएपछि मंगलवार गौर, चन्द्रनिगाहपुर, गरुडा र कटहरिया लगायतका स्थानमा युवाहरू सडकमा उत्रिएका थिए।

सदरमुकाम गौरको विपी चोकमा टायर बाल्दै प्रदर्शन हुँदा प्रहरीसँग झडप भएको थियो । प्रदर्शनकारीले चन्द्रनिाहपुर स्थित प्रहरीको गाडीसमेत जलाएका छन्। 

चन्द्रनिगाहपुरमा मंगलबार पुनः झडप चर्किँदा प्रहरीले दर्जनौँ राउन्ड हवाई फायर गरेको र गोलीसमेत प्रहार गरेको छ।

कटहरियामा बिहानै देखि युवाहरू प्लेकार्ड बोकेर सडकमा उत्रिए। इलाका प्रहरी कार्यालयको मूल गेट अगाडि नाराबाजी गर्दै उनीहरूले बजारको बीचभाग र नगरपालिकाको कार्यालय अगाडि टायर बालेर आक्रोश प्रकट गरे।

 विद्यार्थी मार्न पाइँदैन, नेपाल सरकार मुर्दाबाद, केपी चोर देश छोडू भन्ने नारासहित उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको माग गरेका छन।

स्थानीय युवा नेताहरूले आन्दोलनलाई समर्थन गर्दै भने, “जेन–जीको माग जायज छ, राज्यले युवा पुस्ताको आवाज सुन्नैपर्छ।” जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजु कार्कीका अनुसार जिल्लाका केही स्थानमा प्रदर्शन शान्तिपूर्ण रहे पनि गौर र चन्द्रनिगाहपुरमा स्थिति तनावग्रस्त बनेको छ।

काठमाडौं र बाहिर हालसम्म १९ जनाको ज्यान गएपछि सरकारले चौतर्फी आलोचना खेपिरहेको छ। संयमता गुमाउँदै दमनमा उत्रिएको आरोपसहित प्रधानमन्त्री ओलीको राजीनामाको माग बढ्दै गएको छ। 

यसबीच गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन् भने आन्दोलन मर पार्ने उद्देश्यले लगाइएको सामाजिक सञ्जाल प्रतिबन्ध पनि हटाइएको छ।

दमन र अभिव्यक्ति नियन्त्रणले युवामा आक्रोश थप चर्काएको छ। संवाद र सहमति बिना असन्तोष अझ फैलिन सक्ने देखिन्छ।

राजधानीमै सीमित देखिएको आन्दोलन ग्रामीण बजारसम्म फैलिनु देशव्यापी असन्तोष बढ्दै गएको स्पष्ट सङ्केत हो।

यसरी गौर, चन्द्रनिगाहपुर र कटहरियामा भएको आन्दोलनले जेन – जी पुस्ता अब मौन बस्न तयार छैन भने देखाएको छ। 

आफ्नो हक, अधिकार र न्यायका लागि उनीहरू सडकमा उत्रिन थालेका छन्, जसले नेपालमा राजनीतिक तथा सामाजिक परिवर्तनको नयाँ चरण प्रारम्भ भएको आभास गरेकाे छ।

प्रतिक्रिया

neelambads
neelambads
neelambads
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?
Name

business,25,crime,54,entertainment,2,health,8,main news,55,news,48,newspaper,6,newक,2,politics,23,sports,2,tech,3,world,4,कर्णाली,49,कोशी,49,गण्डकी,49,बागमती,49,मधेश,49,लुम्बिनी,49,सुचना । सुचना ।। सुचना ।।।,1,सुदूरपश्चिम,49,
ltr
item
राष्ट्रिय दैनिक जन समर्पित : चन्द्रनिगाहपुर र गाैरमा कर्फ्यु जारी, प्रहरीद्वारा दर्जनौँ राउन्ड हवाई फायर
चन्द्रनिगाहपुर र गाैरमा कर्फ्यु जारी, प्रहरीद्वारा दर्जनौँ राउन्ड हवाई फायर
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEi9sD6slo3iLp6_V_8wqrMUvMw1ebL-Z9GsePMWPZrZX5ozBj_8V2FQ7Zs74JcHpHd-OqPsyyOT7Xmwf8qoXBGyE6sgWMVrhC5NBc-uI-vfCAjkKBXhyncI8lFCvGwPnxnU5NnuhKCs08dmGYme-HwQR5_qm4NW6pkn54eCumL-F3XktAGk82nO6ZP_YjY/s320/0111.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEi9sD6slo3iLp6_V_8wqrMUvMw1ebL-Z9GsePMWPZrZX5ozBj_8V2FQ7Zs74JcHpHd-OqPsyyOT7Xmwf8qoXBGyE6sgWMVrhC5NBc-uI-vfCAjkKBXhyncI8lFCvGwPnxnU5NnuhKCs08dmGYme-HwQR5_qm4NW6pkn54eCumL-F3XktAGk82nO6ZP_YjY/s72-c/0111.jpg
राष्ट्रिय दैनिक जन समर्पित
https://www.jansamarpitdaily.com.np/2025/09/blog-post_69.html
https://www.jansamarpitdaily.com.np/
https://www.jansamarpitdaily.com.np/
https://www.jansamarpitdaily.com.np/2025/09/blog-post_69.html
true
7538401559029675775
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content