जितपुर २४ भदाै । जेनजी पुस्ताले गरेको आन्दोलन बारामा भने शान्तिपूर्ण देखिएको समाचार छ । जिल्लाको सदरमुकाम कलैया, निजगढ, जीतपुर, सिमरा लगायत सहरी क्षेत्रमा युवा पुस्ताहरूले सरकारविरुद्ध विरोध प्रदर्शन गरेका छन् ।
बाराका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले जिल्लाभित्र मुख्य सहरी क्षेत्रमा जेनजी पुस्ताले गरेको आन्दोलन शान्तिपूर्ण रहेको जनाएका छन् ।
‘हामीले आन्दोलनमा सहभागीहरूमाथि बल प्रयोग गर्नेभन्दा पनि सम्झाउनु, बुझाउने कोसिस गरेका छौ’ प्रजिअ पौडेलले भने ‘आज जिल्लाका शैक्षिक संस्था र यातायात क्षेत्र बन्द भए पनि आन्दोलन शान्तिपूर्ण छ’
सामाजिक सञ्जाल बन्देज, बढ्दो भ्रष्टाचार र अभिव्यक्ति स्वतन्त्रतामा नियन्त्रण लगाउने सरकारी कदमको विरोधमा युवाहरू सडक उत्रिएका हुन् ।
जेनजी आन्दोलनमा ज्यान गुमाएका युवा तथा विद्यार्थीहरू प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै बाराको जीतपुर सिमरा सहित केही पालिकाहरूले शोक बिदा दिएका छन् ।
जेनजी युवाहरूले बाराका विभिन्न ठाउँमा आइतबार साँझदेखि नै विरोधको कार्यक्रम सुरु गरेका हुन ।
प्रतिक्रिया