बीरगंज १४ असोज । बीरगंजको प्रसिद्ध श्री गाहावा माइ मन्दिरमा पर्सा, बारा लगायत ग्रामिण क्षेत्रबाट दशैंको अष्टमीका दिन दर्शन गर्न आउने हजारौं पैदल दर्शानार्थीहरूकालागी आज २०४३ एस. एल. सी. समुहले बिश्राम गर्न टेन्ट मुनि कुर्सी र पंखाको समेत ब्यवस्था गरीनुकासाथै निशुल्क शुद्ध पिउने पानी र प्रसाद बितरण कार्यक्रमको आयोजना गरेको थियो ।
निशुल्क प्रसाद बितरण कार्यक्रमका प्रमुख अतिथी ने. रा. बि. मा. बि. श्रीपुरका पुर्व शिक्षक राजेन्द्र प्रसाद साहले दर्शानार्थीलाइ प्रसाद बितरण गरेर कार्यक्रमको समुदघाट गर्नु भयो ।
उहाँले मानवलाई सेवा गर्नु नै सबैभन्दा ठूलो सेवा र धर्म हो । सामाजिक सेवा गर्नु भनेको एउटा मानवीय धर्म हो, जीवन सार्थक बनाउने उपयुक्त अवसर पनि हो कार्यक्रममा उहाँले बताउनु भयाे ।
साे कार्यक्रममा समुहका उपाध्यक्ष नबिन बिक्रम शाह, सह सचिव अमृत सुबेदी सदस्य बिश्वनाथ साह, अशाेक कमति, समिम अख्तर, अजिम हवारी, पप्पु साह, लालबाबु प्रसाद, इस्लाम मियाँ, असलम अंसारी लगायतकाे उपस्थिति रहेाे थियाे ।
२०४३ एस.एल.सी. समुह ( श्री ने.रा.बि.मा.बि.श्रीपुर ) का अध्यक्ष सुमन कुमार साहको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएकाे थियाे । भने कार्यक्रम संचालन समुहका सचिव राजेश कुमार लिम्बुले गरेका थिए ।
प्रतिक्रिया