[समाचार]$type=blogging$count=5$cate=0$author=hide$date=hide$$show=home$$com=hide

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

neelambads

वीरगंज र रक्सौल रेल्बे स्टेशनमा १२ हजार ५ सय टन युरिया मल आई पुग्याे

580

 

बीरगंज १४ कार्तिक । कृषि सामग्री कम्पनीले ग्लोबल टेन्डरमार्फत भित्र्याइरहेको युरिया मल नियमित रूपमा आउन थालेपछि वीरगन्ज र रक्सौलको रेल्वे स्टेसनमा मल बोकेको रेल्वे र्‍याकको चाङ नै लागेकाे समाचार छ । 

हाल वीरगंज स्थित सिर्सिया सुक्खा बन्दरगाह र सीमापारी भारतीय रेल्वे स्टेसन रक्सौलमा गरी ५ र्‍याक युरिया मल एकसाथ आई पुगेको छ । 

तीमध्ये सुक्खा बन्दरगाहमा २ र रक्सौल रेल्बे स्टेशनमा ३ र्‍याक रहेका छन् । 

यसै साता छठ पर्वका कारण २ दिन कार्यालय बिदा समेत रहेकाले रेल्वे स्टेसनहरूबाट कम्पनीको गोदाममा ढुवानी गरी मल ल्याउन नसकेको खबर छ ।

कम्पनी वीरगंज प्रादेशिक कार्यालयका प्रमुख दुर्गा प्रसाद पाण्डेले ५ र्‍याकमा गरी १२ हजार ५ सय टन मल रहेको र उक्त मल कम्पनीको गोदाममा व्यवस्थापन गर्न कठिनाइ हुने भएको छ । कम्पनीको वीरगन्जस्थित आफ्नै परिसर, भुटनदेवी र नेसनल ट्रेडिङको गोदाम समेत गरी सबै गोदाम मलले भरिएकाले नयाँ आउने मलको व्यवस्थापनमा समस्या भएको उनले बताए ।

हाल तीनवटै गोदाममा गरी २३ हजार ५ सय टन मल वीरगन्जमै मौज्दात रहेको उनले बताए । त्यसमध्ये ६ हजार टन युरिया र बाँकी डीएपी मल हो । प्रदेश कृषि मन्त्रालयले पुरानै कन्साइन्मेन्टबाट भित्रिएका मलको कोटा हालसम्म नलगाएकाले वीरगन्जबाट अन्यत्र मल परिचालन हुन नसकेको हो ।

हाल पाँचवटा र्‍याकमा आइपुगेको मल आदित्य बिरला र आईपीएल कम्पनीले ल्याएका हुन् । आईपीएल र आदित्य बिरलाले कम्पनी र नेसनल टेड्रिङको समेत गरी ५५ हजार टन युरिया मल एकसाथ नेपाल ल्याउँदै छन् । हाल आइसकेको मललाई गोदाममा व्यवस्थापन नगरिए निरन्तर थपिँदै जाने र मलको व्यवस्थापनमा झनै समस्या आउने सरोकारवालाले बताए ।

अहिले मलको माग नरहेको र आउँदो हिउँदमा गहुँ बालीका लागि यो मल उपयोगी हुने कम्पनी वीरगन्ज प्रादेशिक कार्यालयय प्रमुख पाण्डेले बताए ।

प्रतिक्रिया

neelambads
neelambads
neelambads
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?
Name

business,28,crime,69,entertainment,2,health,11,main news,60,news,105,newspaper,7,newक,2,politics,23,sports,3,tech,3,world,5,कर्णाली,49,कोशी,49,गण्डकी,49,बागमती,49,मधेश,49,लुम्बिनी,49,सुचना । सुचना ।। सुचना ।।।,1,सुदूरपश्चिम,49,
ltr
item
राष्ट्रिय दैनिक जन समर्पित : वीरगंज र रक्सौल रेल्बे स्टेशनमा १२ हजार ५ सय टन युरिया मल आई पुग्याे
वीरगंज र रक्सौल रेल्बे स्टेशनमा १२ हजार ५ सय टन युरिया मल आई पुग्याे
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhoL_FTOa1XHYIM7dYCdbT-9X2c7qxHYFofwscGk6I7c-HTf8j5FSDogwa2P5Oed6Cy6kc2m9Miv_BVRQeijOc0l-AVEUoWr3Huunt3OsxWJGegBEFVgkjwp-rEhBFraxGU5prKRRlxAriLmIaDp39EYX2TGD060Jxh3VFIj35Cf0RCUsHAS7YxfukV1n4/s320/1-1-1-30102025022738-1000x0.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhoL_FTOa1XHYIM7dYCdbT-9X2c7qxHYFofwscGk6I7c-HTf8j5FSDogwa2P5Oed6Cy6kc2m9Miv_BVRQeijOc0l-AVEUoWr3Huunt3OsxWJGegBEFVgkjwp-rEhBFraxGU5prKRRlxAriLmIaDp39EYX2TGD060Jxh3VFIj35Cf0RCUsHAS7YxfukV1n4/s72-c/1-1-1-30102025022738-1000x0.jpg
राष्ट्रिय दैनिक जन समर्पित
https://www.jansamarpitdaily.com.np/2025/10/blog-post_27.html
https://www.jansamarpitdaily.com.np/
https://www.jansamarpitdaily.com.np/
https://www.jansamarpitdaily.com.np/2025/10/blog-post_27.html
true
7538401559029675775
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content