[समाचार]$type=blogging$count=5$cate=0$author=hide$date=hide$$show=home$$com=hide

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

neelambads

जगदम्बा स्टिलकाे दादा गिरी कहिले सम्म चल्ने

580

बारा १४ बार्तिक। बारामा डेडिकेटेड फिडर र ट्रंक लाइन मार्फत विद्युत् उपभोग गरेका ३ ठुला उद्योगले महसुल भुक्तान गरेका छन ।

तर जगदम्बा स्टिलले डेडिकेटेड फिडर र ट्रंक लाइन मार्फत विद्युत् उपभोग गरेकाे महशुल भुक्तानी गर्न पहिला पनि आलटाल गरेका थिए । भने अहिले पनि बिधुत महशुल भुक्तानी गर्न आलटाल गरेकाे छ । 

जगदम्बा स्टिलकाे दादागिरी कहिले सम्म चल्ने हाे ? जिल्ला बन कार्यालय बाराका मातहतमा रहेकाे बनका जग्गा समेत अतिक्रमण गरेर निर्माण गरीएकाे जगदम्बा स्टिलमाथि अहिले सम्म कुनैपनि सरकारले कारबाही गर्न सकेका छैनन । 

त्यसैगरी जगदम्बा स्टिलकाे फलाम गलाउने भट्टीबाट निस्केकाे प्रदुषण र छड उत्पादन गर्दा निस्केकाे ध्वनी कारण जगदम्बा स्टिल वरीपरी रहेकाे स्थानिय बालबालिकालाइ लेखाउन पढाउन र बालबालिकालाइ समेत सुताउन ठुलाे समस्य हुने गरेकाे स्थानियले जनाए।

९० प्रतिशत भारतिय मजदुरद्वारा संचालन जगदम्बा स्टिलमा १० प्रतिशत नेपाली मजदुर कार्यरत छन । उक्त उधाेगले कबाडी फलाममा टिना मिसाएर गलाएर छड उत्पादन गरेर दुइ गुणाभन्दा बढी मुनाफा कमाउन पल्केका उधाेगले बिधुत महशुल समयमा बुझाउन आलटाल गर्दै आएका छन । 

उधाेगपतिकाे नियत र मानसिकता दुबै राष्ट्रप्रति बफादार नरहेकाे स्पष्ट छ ।

उधाेगमा कार्यरत नेपाली मजदुरकाे तलब पनि भारतिय मजदुरहरूभन्दा कम दिने गरेकाे कार्यरत मजदुरहरूले बताउने गरेका छन । 

उक्त गरीब निमुखा मजदुरहरूलाइ उचाल्ने काम जगदम्बा स्टिल प्रा.लि.का प्रमुख हर्ताकर्ता पुर्व संबिधान सभा सदस्य अनिल रूङ्गटा मार्फत गराइएकाे बजारमा चर्चा छ ।

डेडिकेटेड र टंकलाइन विद्युत् सुविधा उपभोग गरेका हुलास स्टिल इण्डष्ट्रिज, अशोक स्टिल, हामा आइरनले असोज ३० गते नै विद्युत् महसुलको किस्ता बुझाउन सुरु गरेका हुन् भने जगदम्बा स्टिलले बक्यौता रकम बुझाउन आलटाल गर्दै आएको छ ।

बक्यौता नबुझाएपछि नेपाल विद्युत् प्राधिकरण सिमरा वितरण केन्द्रले कात्तिक ४ गते जगदम्बा स्टिलको ६६ हजार केभी विद्युत् प्रसारण लाइन काटेको हो । 

अहिलेसम्म सो उद्योगले बक्यौता रकम भुक्तान गर्न कुनै चासो नदेखाएको र सम्पर्कमा समेत नआएको विद्युत् प्राधिकरण सिमरा वितरण केन्द्रले जनाएको छ ।

२०७२ पुसदेखि २०७५ पुससम्म सिमरास्थित जगदम्बा स्टिलले डेडिकेटेड र ट्रंक लाइन उपभोग गरेबापत विद्युत् प्राधिकरणलाई १ अर्ब ६० करोड महसुल बुझाउन बाँकी छ ।

जगदम्बा स्टिलले उद्योग सञ्चालनका लागि ३५ देखि ४० मेगावाट विद्युत् उपभोग गर्दै आएकाे कुरा एक मजदुरले जनाए । उद्योगले ६६ हजार केभी, ११ हजार केभी र अन्य साना मेगावाटका विद्युत् उपभोग गर्दै आएको बताए ।

जगदम्बा स्टिलभित्र ९ वटा ठुला फलाम पगाल्ने भट्टी रहेछन् । ६६ हजार केभीको विद्युत् कटौती भएपछि यी भट्टी अहिले बन्द छन् । ‘११ हजार केभी र अन्य २/३ थरीका लाइनबाट ३० देखि ४० प्रतिशत उद्योग सञ्चालित छन ।

बारा – पर्सा औद्योगिक करिडोरमा रहेका उद्योगमध्ये जगदम्बा इन्टरप्राइजेज पछि सबैभन्दा धेरै विद्युत् महसुल बुझाउनेमा जगदम्बा स्टिल पर्दछ । जगदम्बा स्टिलले मासिक १३ देखि १५ करोडसम्म विद्युत् महसुल बुझाउँछ ।

विद्युत् प्राधिकरण सिमरा वितरण केन्द्रका प्रमुख इन्जिनियर रुमेश रुपाखेतीले सिमरा वितरण केन्द्र अन्तर्गत डेडिकेटेड र ट्रंक लाइन उपभोग गर्ने ५ वटा उद्योगमध्ये सूर्य नेपालले सबै महसुल बुझाइसकेको र अन्य ३ उद्योगले पनि पहिलो किस्ताको रकम बुझाएको जनाए ।

सरकारले २०७२ पुस देखि २०७५ वैशाख सम्म डेडिकेटेड ट्रंक लाइन उपभोग गर्ने उद्योगहरूसँग बाँकी महसुल लिने निर्णय गरेको थियो । 

हुलास स्टिल, जगदम्बा स्टिल, हामा आइरन र अशोक स्टिलले महसुल बुझाउन बाँकी रहेकोमा जगदम्बाबाहेक अन्य उद्योगले किस्ताबन्दीमा रकम बुझाउन थालेको प्राधिकरणले जनायाे ।

हामा आइरन एण्ड स्टिल इन्डस्ट्रिजले डेडिकेटेड तथा ट्रंक लाइन उपभोग गरे बापत ५ करोड ८५ लाख रुपैयाँमध्ये पहिलो किस्ताबापत २० लाख ८९ हजार रुपैयाँ बुझाएको छ । 

हुलास स्टिलले तिर्न बाँकी १४ करोड १२ लाख रुपैयाँलाई २८ किस्तामा तिर्ने प्राधिकरणसँग सहमति गरेको र ५० लाख ४३ हजार किस्ता तिरेको छ ।

अशोक स्टिलले बुझाउनुपर्ने बाँकी महसुल १७ करोड ५८ लाख रुपैयाँमध्ये पहिलो किस्ता बापत ६३ लाख रुपैयाँ बुझाएको प्राधिकरणका सिमरा केन्द्र प्रमुख रुमेश रुपाखेतीले जनाए ।

‘प्राधिकरणको सञ्चालक समितिबाट २८ किस्तामा भुक्तानी गर्ने भनेर सहमति भएअनुसार पत्राचार गर्दा ३ वटा उद्योगले पहिलो किस्ताको रकम बुझाइसके,’ रुपाखेतीले भने, ‘तर जगदम्बा स्टिल बक्यौता रकम बुझाउन सम्पर्कमा नआएपछि हामीले कात्तिक ४ गते बिहान लाइन काटेका हौँ ।’

प्राधिकरणले जगदम्बा स्टिलमा विद्युतको माग ३५ मेगावाट भएकाले ११ हजार केभीको प्रसारण लाइनबाट भट्टी सञ्चालन नहुने जनाएको छ ।

प्रमुख रुपाखेतीले अहिलेकै अवस्थामा उद्योगका ११ हजार केभी विद्युतबाट उद्योगका १० प्रतिशतमात्रै प्लान्ट चल्न सक्ने टिप्पणी गरे । २८ किस्तामा बुझाउँदा उद्योगले पहिलो किस्ताबापत करिब ५ करोड ७५ लाख बुझाउनुपर्ने प्राधिकरणले जनाएको छ ।


प्रतिक्रिया

neelambads
neelambads
neelambads
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?
Name

business,28,crime,69,entertainment,2,health,11,main news,60,news,105,newspaper,7,newक,2,politics,23,sports,3,tech,3,world,5,कर्णाली,49,कोशी,49,गण्डकी,49,बागमती,49,मधेश,49,लुम्बिनी,49,सुचना । सुचना ।। सुचना ।।।,1,सुदूरपश्चिम,49,
ltr
item
राष्ट्रिय दैनिक जन समर्पित : जगदम्बा स्टिलकाे दादा गिरी कहिले सम्म चल्ने
जगदम्बा स्टिलकाे दादा गिरी कहिले सम्म चल्ने
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgh9XHTI55ECrSJ5a62idBUFWO1L2P-f9BenTxfI030_lt6Z0m7LZo4580fCL2ipCN9k8L6MabBX8R5m6C9iapWBNsrDeCjX4L2EetMrxQtwJ6WP-KcBQRb5R2Kq9k7uyo7JeQpZYZxl6hs0dTPN298JAWI3suNB-nwNcdc9YqD0eb7F_ws1FQd1XuaJcA/s320/111111.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgh9XHTI55ECrSJ5a62idBUFWO1L2P-f9BenTxfI030_lt6Z0m7LZo4580fCL2ipCN9k8L6MabBX8R5m6C9iapWBNsrDeCjX4L2EetMrxQtwJ6WP-KcBQRb5R2Kq9k7uyo7JeQpZYZxl6hs0dTPN298JAWI3suNB-nwNcdc9YqD0eb7F_ws1FQd1XuaJcA/s72-c/111111.jpg
राष्ट्रिय दैनिक जन समर्पित
https://www.jansamarpitdaily.com.np/2025/10/blog-post_31.html
https://www.jansamarpitdaily.com.np/
https://www.jansamarpitdaily.com.np/
https://www.jansamarpitdaily.com.np/2025/10/blog-post_31.html
true
7538401559029675775
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content