बीरगंज १३ कार्तिक । आज पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, महोत्तरी, सिराह, सप्तरी, सिन्धुली, काभ्रे, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, सुनसरी र उदयपुर लगायत आसपासका जिल्ला भई वहने नदी तथा खोलाहरुमा बाढीको जोखिम रहेको महाशाखाले जनाएको छ ।
यस्तै कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न नदी खोलाहरुमा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, तेह्रथुम, पाँचथर, ओखलढुङ्गा, खोटाङ, धनकुटा, इलाम, मोरङमा बाढीको मध्यम जोखिम रहेकाे छ ।
मुख्यगरी कोशी, मधेश र बागमती प्रदेशका धेरैजसो नदीहरुको वहाव बढ्ने सम्भावना रहेकोले उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह समेत गरेको छ ।
पर्सि शनिबार देखि भने जोखिम घट्दै जाने महाशाखाले जनाएको छ ।






प्रतिक्रिया