[समाचार]$type=blogging$count=5$cate=0$author=hide$date=hide$$show=home$$com=hide

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

neelambads

रौतहटकाे १२ वटा पालिका प्रमुख प्रशासकीय अधिकृत विहीन, सेवा प्रवाहमा प्रत्यक्ष असर

580

गाैर १३ कात्तिक । रौतहटका १८ मध्ये १२ वटा स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन भएको खबर छ । 

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ १२ गते निमित्तका भरमा चल्दै आएका रौतहटका १६ वटा स्थानिय तहमा एकै पटक दरबन्दी अनुसारको प्रमुख प्रशासकीय अधिकृत खटाएको थियो ।

१६  स्थानीय तहमध्ये तीन वटा स्थानीय तहमा मात्र हालसम्म प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् । हाजिर नभएका १३ वटा स्थानीय तहको हकमा असोज ८ गते मन्त्रालयले प्रथम त्रैमासिकका लागि साविकको  निमित प्रमुख प्रशासकीय अधिकृतलाई अख्तियारी प्रदान गरेको थियो ।

राजदेवी नगरपालिकामा असोज ३१ गते पुनः एक महिनाका लागि मन्त्रालयले निमित प्रमुख प्रशासकीय अधिकृत खटाएर बिबादमा तानिए पछि अब निमित प्रमुख प्रशासकीय अधिकृतलाई निरन्तरता नदिने निष्कर्षमा मन्त्रालय पुगेको छ ।

राजदेवी नगरपालिकामा समेत एकरदुई दिनमै उपसचिव खटाइने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थले जनाए ।

मन्त्रालयका सचिव पन्थले स्थानीय तहमा खटाइएका प्रमुख प्रशासकीय अधिकृत हाजिर हुने बताए ।

रौतहटका १८ मध्ये १२ वटा स्थानिय तह कात्तिक १ गतेदेखि प्रमुख प्रशासकीय अधिकृतविहीन रहेको सम्बन्धमा कुरा गर्नु हुँदै सचिव पन्थले खटाइएका दरबन्दी अनुसारको प्रमुख प्रशासकीय अधिकृत नै हाजिर हुने जनाए ।

तत्कालका लागि कुनै पनि स्थानीय तहमा साविकको निमितलाई निरन्तरता नदिने उहाँले प्रष्ट पार्नु भयो ।  

निमित प्रमुख प्रशासकीय अधिकृत हुँदा पालिकाको काम कारबाही चुस्त दुरुस्त हुन नसकेकोले कुनै पनि बहानामा अब निमित नखटाइने उहाँले बताए ।

रौतहटको गौर नगरपालिका, इशनाथ नगरपालिका, राजपुर नगरपालिका, परोहा नगरपालिका, देवाही गोनाही नगरपालिका, बौधीमाइ नगरपालिका, मौलापुर नगरपालिका, फतुवा विजयपुर नगरपालिका, गुजरा नगरपालिका, वृन्दावन नगरपालिका, गढिमाइ नगरपालिका र माधवनारायण नगरपालिकामा खटाइएका प्रमुख प्रशासकीय अधिकृत  हाजिर हुन नआउँदा सेवा प्रवाहमा प्रत्यक्ष असर परि रहेको छ ।

यसैबीच नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघ नेपालले गएको आइतबार अर्थ र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री रामेश्वर प्रसाद खनाललाइ भेटेर निमित्त प्रमुख प्रशासकीय अधिकृत हटाउने सङ्घीय सरकारको अघिल्लो निर्णय स्वागत योग्य रहेको बताएको छ, तर खटाइएका कर्मचारी कार्यस्थलमा नपुगेकाले निर्णय कार्यान्वयनमा कडाइ गर्न र अनुभविरवरिष्ठ जनशक्ति खटाउन ध्यानाकर्षण गराएको छ ।

गाउँपालिका राष्ट्रिय महासंघ नेपालका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले दरबन्दी अनुसारको प्रमुख प्रशासकीय अधिकृत खटाइएको दुई महिना बितिसक्दा समेत हालसम्म पालिकामा हाजिर नहुँदा सेवा प्रवाहमा असर पर्नुको साथै दसैँ, तिहार, छठमा समेत कतिपय स्थानीय तहका कर्मचारी, शिक्षकले तलब, भत्ता खान नपाएको जनाए ।

प्रतिक्रिया

neelambads
neelambads
neelambads
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?
Name

business,27,crime,69,entertainment,2,health,11,main news,60,news,103,newspaper,7,newक,2,politics,23,sports,3,tech,3,world,5,कर्णाली,49,कोशी,49,गण्डकी,49,बागमती,49,मधेश,49,लुम्बिनी,49,सुचना । सुचना ।। सुचना ।।।,1,सुदूरपश्चिम,49,
ltr
item
राष्ट्रिय दैनिक जन समर्पित : रौतहटकाे १२ वटा पालिका प्रमुख प्रशासकीय अधिकृत विहीन, सेवा प्रवाहमा प्रत्यक्ष असर
रौतहटकाे १२ वटा पालिका प्रमुख प्रशासकीय अधिकृत विहीन, सेवा प्रवाहमा प्रत्यक्ष असर
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEifhsFZ6S1RZQAjAi3vNi4L_5B2ZdEytzFdn_q0j6IvoD09QcRLKQBKdEv1aLMBj-JiIA9xQ9DEzc9RB0OCGI2PH2Vo1h4wm4vXYjqX-cYePatccYgPw7wfwcWwPku7mzH6_ppcjtB6kRgPEg9PAAbShL0ctuGGipW11vTHVvh2_tphtQKpKZbNhzmfsu0/s320/local-level-gaunpalika-1024x624.png
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEifhsFZ6S1RZQAjAi3vNi4L_5B2ZdEytzFdn_q0j6IvoD09QcRLKQBKdEv1aLMBj-JiIA9xQ9DEzc9RB0OCGI2PH2Vo1h4wm4vXYjqX-cYePatccYgPw7wfwcWwPku7mzH6_ppcjtB6kRgPEg9PAAbShL0ctuGGipW11vTHVvh2_tphtQKpKZbNhzmfsu0/s72-c/local-level-gaunpalika-1024x624.png
राष्ट्रिय दैनिक जन समर्पित
https://www.jansamarpitdaily.com.np/2025/10/blog-post_55.html
https://www.jansamarpitdaily.com.np/
https://www.jansamarpitdaily.com.np/
https://www.jansamarpitdaily.com.np/2025/10/blog-post_55.html
true
7538401559029675775
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content