वीरगंज १३ कार्तिक । चालु आर्थिक वर्षको ३ महिनामा वीरगंज नाका भएर रु ३८ अर्ब ९ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको समाचार छ ।
डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्याँस ( एलपिजी ) , एभिएसन टर्बाइन फ्युल ( एटिएफ ) र मट्टितेल आयातबाट रु १६ अर्ब १२ करोड राजस्व सङ्कलन भएको छ ।
वीरगंज भन्सार कार्यालयका अनुसार गत आवको ३ महिनाको तुलनामा चालु आवको सोही अवधिमा रकमको आधारमा ५ थरिका पेट्रोलिम पदार्थको आयातमा रु १ अर्ब ६ करोड रकमले कमी आएको हाे ।
जबकी गत आवको तीन महिनाको अवधिमा भने रु ३९ अर्ब १५ करोड मूल्य पर्ने पेट्रोलियम पदार्थको आयात हुँदा १६ अर्ब ७ करोड राजस्व सङ्कलन भएको छ ।
भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णु प्रसाद ज्ञवालीले चालु आवको ३ महिनामा पेट्रोलियम पदार्थको आयातमा केही कमी आएको जनाए ।
वीरगंज भन्सार कार्यालयका चालु आवको असोज मसान्तसम्म रु १५ अर्ब ७२ करोड मूल्य पर्ने १ लाख ७४ हजार ९ सय २४ किलो लिटर डिजेल आयात भएको छ ।
सो डिजेल आयातबाट रु ६ अर्ब ९६ करोड राजस्व सङ्कलन भएको छ ।
चालु आवको ३ महिनामा रु १० अर्ब ७२ करोड मूल्य पर्ने एक लाख २५ हजार ३८० किलो लिटर पेट्रोल आयात भएको छ ।
सो पेट्रोल आयात हुँदा रु ७ अर्ब ९ करोड राजस्व सङ्कलन भएको छ । चालु आवको ३ महिनाको अवधिमा रु ७ अर्ब ४९ करोड मूल्य पर्ने ७ करोड ३९ लाख ७७ हजार २ सय ७१ किलोग्राम एलपि ग्यास आयात भएको छ ।






प्रतिक्रिया