चन्द्रनिगाहपुर ५ कात्तिक। रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. ४ पश्चिम लच्का नजिक बुधबार बिहान एक यात्रुवाहक बसमा आगलागी भएको खबर छ ।
काठमाडौँबाट चन्द्रपुरतर्फ आउँदै गरेको प्रदेश २–०३–००१ ख ५५५५ नम्बरको बसमा ब्याट्रीको तार सर्ट भई आगलागी हुँदा बस जलेर पूर्णरूपमा नष्ट भएको छ ।
बिहान ७ः२० बजे लागेको आगो ८ः१५ बजे नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक रुपा लाबुंगले जनाए ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र ट्राफिक प्रहरीले बारुण यन्त्रको सहयोगमा बसमा लागेको आगो नियन्त्रणमा लिएको थियो । आगलागीबाट मानवीय क्षति नभएको प्रहरी नायब उपरीक्षक लाबुंगले बताए।
प्रतिक्रिया