[समाचार]$type=blogging$count=5$cate=0$author=hide$date=hide$$show=home$$com=hide

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

neelambads

जेनजी घटनाको सम्बन्धमा गठित जाँचबुझ आयोगको टोली बारामा

580

 
बीरगंज १३ कार्तिक । गत भदौ २३ र २४ गते भएको जेनजी घटनाको सम्बन्धमा गठित जाँचबुझ आयोगको टोली बारामा आइपुगेको समाचार छ।

आयोगले बाराको स्थिति, सरोकार निकायका प्रतिनिधिहरू तथा प्रभावित व्यक्तिहरूसँग छलफल गरी घटनाबारे विस्तृत जानकारी लिएको हो।

जाँचबुझ आयोगका अध्यक्ष गौरी बहादुर कार्कीको नेतृत्वमा आएको टोलीले बुधबार बाराका निवर्तमान संघीय सांसद, जिल्ला समन्वय समितिका प्रमुख, स्थानीय तहका प्रमुख र विभिन्न सरोकार निकायका प्रतिनिधिसँग छलफल गर्दै केही स्थानको स्थलगत अवलोकन समेत गरेको छ।

जेनजी प्रदर्शनका क्रममा भएका क्षतिबारे जानकारी लिँदै अध्यक्ष कार्कीले बुधबार जिल्ला प्रशासन कार्यालय बारामा सरोकारवालाहरूसँग विस्तृत छलफल गरेका थिए।

छलफलका क्रममा कार्कीले आन्दोलनका क्रममा व्यक्तिका घर तथा सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी गर्ने विरुद्ध प्रमाणका आधारमा प्रहरीमा उजुरी दिन सकिने बताए। 

फौजदारी अपराधको अनुसन्धान तथा कारबाहीका लागि आयोगको प्रतिवेदन कुर्नु नपर्ने उनको भनाइ थियो।

अध्यक्ष कार्कीले आयोगमा परेका उजुरीका आधारमा अनुसन्धान गर्ने बताए पनि आयोग आफैँले कारबाही गर्न नसक्ने स्पष्ट पार्दै, गम्भीर प्रकृतिका घटनामा संलग्न व्यक्तिहरूलाई कारबाही गर्नुपर्ने वा नपर्ने विषयमा सरकारले निर्णय गर्नुपर्ने प्रतिवेदन आयोगले दिने जानकारी गराए।

बाराका सहायक प्रमुख जिल्ला अधिकारी छबिरमण भट्टराईको अध्यक्षतामा सम्पन्न छलफलमा बाराका निवर्तमान संघीय सांसद किसान श्रेष्ठ, ज्वालाकुमारी साह, अच्युत मैनाली र प्रदेश सांसद समिर महमदले घटनासम्बन्धी जानकारी आयोगका अध्यक्ष कार्कीलाई गराएका थिए।

त्यसैगरी जिल्ला समन्वय समितिका प्रमुख नरेन्द्र साह, कलैया उपमहानगरपालिकाका नगरप्रमुख विनोद साह, जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेल, निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरी, बारागढी गाउँपालिकाका अध्यक्ष अकोश जयसवाललगायतले जेनजी आन्दोलनका नाममा व्यक्तिगत तथा राजनीतिक प्रतिसोधका कारण घर र कार्यालयमा तोडफोड तथा आगजनी भएको बताउँदै निष्पक्ष छानबिनको माग गरे।

यसै क्रममा बुधबार साँझ अध्यक्ष कार्कीले बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका, आन्तरिक राजश्व कार्यालय सिमरा र बारा–४ का निवर्तमान सांसद तथा पूर्वमन्त्री किसान श्रेष्ठको औराहा स्थित निवासको स्थलगत अवलोकन समेत गरेका थिए। 

अवलोकनका क्रममा अध्यक्ष कार्कीलाई जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शान्तिराज प्रसाईं, आन्तरिक राजश्व कार्यालय सिमराका प्रमुख कर अधिकृत दिनेश पाण्डेलगायतले भदौ २४ गते भएको तोडफोड र आगजनीका घटनाबारे विस्तृत जानकारी गराएका थिए।

अध्यक्ष कार्कीले जेनजी प्रदर्शनका क्रममा भएका भौतिक तथा मानवीय क्षतिका विषयमा नेपाल प्रहरीले फौजदारी अपराधका सम्बन्धमा अनुसन्धान गरिरहेको जानकारी समेत दिएका थिए। 

जेनजी घटनाको सम्बन्धमा गठित जाँचबुझ आयोगको टोलीले बारा पछि मकवानपुर जिल्ला तर्फ लागेको छ ।

प्रतिक्रिया

neelambads
neelambads
neelambads
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?
Name

business,27,crime,69,entertainment,2,health,11,main news,60,news,103,newspaper,7,newक,2,politics,23,sports,3,tech,3,world,5,कर्णाली,49,कोशी,49,गण्डकी,49,बागमती,49,मधेश,49,लुम्बिनी,49,सुचना । सुचना ।। सुचना ।।।,1,सुदूरपश्चिम,49,
ltr
item
राष्ट्रिय दैनिक जन समर्पित : जेनजी घटनाको सम्बन्धमा गठित जाँचबुझ आयोगको टोली बारामा
जेनजी घटनाको सम्बन्धमा गठित जाँचबुझ आयोगको टोली बारामा
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiU097-JiWgDYPc7URxg8m-mjbfQhS8nEuXmIRGqPO8sIsJmyU2gCDFFbQp-S1QH2QMtPJHX_00grkJ70Tghyysj1RGiaaW402kunvYGGEqI8-UW4WOM7Df3PVzOllK6AZDqMbSwfvdW7yg-XVt7ds27y9jl4WrNRjClqM8nA1QXMOQjNnlYD5OAKuIkYw/s320/Bara2025-10-30-11-11-15.png
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiU097-JiWgDYPc7URxg8m-mjbfQhS8nEuXmIRGqPO8sIsJmyU2gCDFFbQp-S1QH2QMtPJHX_00grkJ70Tghyysj1RGiaaW402kunvYGGEqI8-UW4WOM7Df3PVzOllK6AZDqMbSwfvdW7yg-XVt7ds27y9jl4WrNRjClqM8nA1QXMOQjNnlYD5OAKuIkYw/s72-c/Bara2025-10-30-11-11-15.png
राष्ट्रिय दैनिक जन समर्पित
https://www.jansamarpitdaily.com.np/2025/10/blog-post_68.html
https://www.jansamarpitdaily.com.np/
https://www.jansamarpitdaily.com.np/
https://www.jansamarpitdaily.com.np/2025/10/blog-post_68.html
true
7538401559029675775
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content