
बीरगंज १३ कार्तिक । बंगालको खाडीमा उत्पन्न भएको ‘मोन्था’ चक्रवातको प्रभावले बीरगंज लगायतका क्षेत्रहरूमा बढेको वर्षा झरीसँगै चिसोका कारण जनजीवन प्रभावित भएकाे छ ।
बागमती प्रदेशको राजधानी हेटौँडामा समेत देखिएको छ । सोही प्रभावका कारण बुधबार बिहानैदेखि हेटौँडाहित मकवानपुरका अधिकांश स्थानमा अविरल वर्षा भइरहेको छ ।
हेटौँडामा बिहानैदेखि लगातार पानी परिरहेको छ । वर्षासँगै बढेको चिसोका कारण दैनिक जनजीवन प्रभावित बनेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार, ‘मोन्था’ चक्रवात भारतको पश्चिम बंगाल हुँदै नेपालतर्फ सरिरहेको छ ।
यसले विशेषगरी बागमती, कोशी, मधेश र गण्डकी प्रदेशमा वर्षा र चट्याङसहितको मौसमी गतिविधि तीव्र बनाएको हो । विभागको पूर्वानुमान शाखाले आगामी १५ गते बिहानसम्म बागमती प्रदेशका मध्य र पूर्वी पहाडी क्षेत्रमा वर्षा जारी रहने सम्भावना रहेको जनाएको छ ।
वर्षासँगै कतिपय ठाउँमा बाढी र पहिरोको जोखिम बढेको भन्दै सतर्क रहन आग्रह समेत गरेको छ ।





प्रतिक्रिया