बीरगंज २७ मंसिर । त्रिजुद्ध महाविर प्रसाद रघुविर राम प्राविधिक माध्यमिक बिधालय २०४२ साल एस.एल.सी. समुहले आज सो बिधालयको प्राङ्गनमा नि शुल्क आँखा चेकजाँच तथा माेतिया बिन्दु शल्यक्रिया स्वास्थ्य शिविर कार्यक्रमको आयोजना गरयो ।
उक्त नि शुल्क आँखा चेकजाँच तथा माेतिया बिन्दु शल्यक्रिया स्वास्थ्य शिविर कार्यक्रममा बिहान ७ बजे देखि आँखा बिरामीहरूको नाम दर्ता दिउँसो १ बजे सम्म आयोजक कमिटिका सदस्यहरूले गर्नु भएको थियो ।
भने दिउँसो २ बजे सम्म आँखा चेकजाँच गराउने बिरामीहरूको उक्त बिधालयको प्राङ्गनमा भिडभाड नै रहेको थियो ।
नि शुल्क आँखा चेकजाँच तथा माेतिया बिन्दु शल्यक्रिया स्वास्थ्य शिविरमा ५०० जना भन्दाबढीले आँखा चेकजाँच गराउने क्रममा ७० जना मोतिया बिन्दु आँखा रोगीहरू भेटिएको आयोजक समुहका सदस्य सर्फुदिन मियाँले जनाए । उक्त मोतिया बिन्दु आँखा बिरामीहरूको सोमबार निशुल्क माेतिया बिन्दु शल्यक्रिया गरीने आयोजक कमिटीका सदस्य अनिल कुमार गुप्ताले बताए ।
शिबिरमा आँखा चेकजाँच गराउने आँखा बिरामीलाइ निशुल्क औषधि र चश्मा समेत बितरण गर्ने आयोजक कमिटिका सदस्य सन्तोष बर्माले जनाए।
नि शुल्क आँखा चेकजाँच तथा माेतिया बिन्दु शल्यक्रिया शिबिर कार्यक्रमका आयोजक त्रिजुद्ध स्कुल २०४२ एस.एल.सी. समुहका सदस्य राजेशमान सिहं, लालबाबु गुप्ता, संजय प्रसाद गुप्ता, ब्रम्हनन्द प्रसाद कलवार, सर्फुदिन मियाँ, सन्तोष रौनियार, अम्बिका प्रसाद तेली, सन्तोष बर्मा, अनिल कुमार गुप्ता, प्रमानन्द पटेल, ध्रुप स्वर्णकार, अजय मिश्रा, धिरज सर्मा, आशिके नबिन, रामजी चौहान, राजु गुप्ता, राधेश्याम सोनी, प्रेम कुमार गुप्ता, प्रमानन्द कुम्हाल, बिजय सरार्फ लगायतका महानुभावहरूले उक्त आँखा शिबिर संचालनमा अंहमभुमिका निर्बाह गर्नु भएकाे थियाे ।
भने शिबिरमा अस्पताल समाजसेवी तथा प्रेस चाैतारी नेपाल पर्साका अध्यक्ष निरन्जन मिश्र, रिपाेटर्स क्लब नेपाल पर्साका अध्यक्ष कन्हैया गुप्ता, पत्रकार अमित अग्रवाल, अर्जुन गुप्ता लगायतकाे उपस्थिति समेत रहेकाे थियाे ।









प्रतिक्रिया