बीरगंज २७ मंसिर । कर्तव्य ज्यान मुद्दामा फरार प्रतिवादीलाई प्रहरीले १९ वर्षपछि पक्राउ गरेको समाचार छ ।
पक्राउ पर्नेमा पर्साको बहुदरमाई नगरपालिका वडा नं. २ बस्ने ५४ वर्षीय बिनोद पटेल भन्ने बिनोद प्रसाद कुर्मी रहेका छन् ।
साविक लिपनी विर्ता गाविस वडा नं. ८ पटेल नगर बस्ने २३ वर्षीय सुरेश भन्ने राम प्रसाद पटेलको २०६३ असोज ५ गते हत्या गरेको घटनामा संलग्न रही फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले वीरगंज महानगरपालिका वडा नं. २१ बाट पक्राउ गरेको खबर छ ।
उनी उपर जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।



_B0lAbXGAbQ_fgqk0psxjsf67o44jtsse5txrkvckivg8ewfuwxostjr2xoowcmzt3upawhy_7AI684IIXU_f8vcpqubyuwxeaxtcfrwhrb1kdjg6catyngkn1y8mhdwesd4pri5mee0rycg.jpg)


प्रतिक्रिया