
बीरगंज २६ मंसिर । रौतहटबाट स्रोत नखुलेको रकम सहित जयसवाललाई प्रहरीले पक्राउ परेको समाचार छ।
शुक्रबार रौतहट मौलापुर नगरपालिका वडा नं. ३ लाल बकैया बाँधमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा ११ लाख ४७ हजार नगदसहित एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक विष्णु प्रदिप बस्यालले जनाए।
पक्राउ पर्नेमा बारा सिमरौनगढ नगरपालिका–११ भवानीपुरका लक्ष्मी प्रसाद कलवारको ३६ वर्षीय छोरा मुन्ना प्रसाद जैसवाल रहेको उहाँले बताए।
हरनैयाबाट देवाही तर्फ जाँदै गरेको म. प्र. – ०३ – ०३३ प ३११० नम्बरको मोटर साइकलमा झोलामा झुन्ड्याइ राखेको अवस्थामा नगद सहित जैसवाललाई पक्राउ गरिएको उहाँले जनाउनुभयो।
नगद, मोटर साइकल र मोटर साइकल चालक जैसवाललाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनायाे।





प्रतिक्रिया