
बीरगंज २६ मंसिर । सिरहाकाे कल्याणपुर नगरपालिका - ६ मा बस्ने जसोधा कुमारी विरुद्ध घुस दिएको आरोपमा प्रतिकूल बकपत्र गर्ने सम्बन्धी मुद्दा दायर गरिएको समाचार छ।
कल्याणपुर नगरपालिका - ६ स्थित संजिव साहको घर देखि ब्रम्हदेव सिंहको घर सम्म पक्की नाला निर्माण सम्पन्न भएपछि भुक्तानी दिने उद्देश्यका लागि जसोधा कुमारीले एक लाख नगद घुस नगर प्रमुख राम पुकार साह तेलीलाई दिएको आरोप लगाइएको छ।
यस विषयमा जसोधा कुमारी विशेष अदालतमा सरकारी साक्षीको रूपमा पेश भएकी थिइन्।
तर, आयोगको अनुसन्धानको क्रममा जसोधा कुमारीको बयान अदालतमा दिएको बकपत्रसँग भिन्न रहेको पाइएको छ।
अनुसन्धान अनुसार, जसोधा कुमारीले निर्माण कार्य सम्पन्न भएपछि नगद रकम प्रदान गरी घुस दिएको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ( ३ ) अनुसार कसूरमा पर्ने ठहर गरिएको छ।
यसैबिच, विगो १ लाख कायम गरी जसोधा कुमारी विरुद्ध सोही ऐनको दफा ३ को उपदफा ( १ ) अनुसार कैद र जरिवाना माग गर्दै विशेष अदालत, काठमाडौँमा आज आरोपपत्र दायर गरिएको खबर छ।





प्रतिक्रिया