
वीरगंज २६ मंसिर । वीरगंज कारागारमा कैदभुक्तान गर्दै आएका एक जना कैदीबन्दीको उपचारका क्रममा मृत्यु भएको समाचार छ ।
मृत्यु हुनेमा वीरगंज महानगरपालिका वडा नं. १२ मुर्लीका ३७ वर्षीय अनिल महतो रहेका छन् ।
वीरगंज कारागारका प्रशासक बाबुलाल रेग्मीले उपचारका क्रममा एक जना सवारी ज्यान मुद्दाका कैदीबन्दी महतोको मृत्यु भएको जनाए ।
उहाँले भने, “कैदीबन्दीलाई स्वास्थ्यमा अप्ठ्यारो हुने बित्तिकै नारायणी अस्पतालमा पुर्याएका थियौँ । तर, उनको उपचारका क्रममा मृत्यु भएको बताए”, । महतो सवारी ज्यान मुद्दामा अदालतबाट ३ वर्ष कैद सजाय र रु २ हजार जरिवाना तोकिएको खबर छ ।





प्रतिक्रिया