
बीरगंज ३ पुस। नेकपा (एमाले) काे ११ औं महाधिवेशनमा ओली पक्षका सर्वाधिक उम्मेदवार निर्वाचित भएकाे समाचार छ ।
नेकपा (एमाले) को ११ औं महाधिवेशनबाट निर्वाचित हुनुभएका पदाधिकारी तथा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन ।
महाधिवेशनले सामयिक राजनीतिक प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ।
भक्तपुरको सल्लाघारीमा गत मङ्सिर २७ गते उद्घाटन भई काठमाडौँको भृकुटीमण्डपमा मङ्सिर २८ गतेदेखि सुरु भएको बन्दसत्रको आज औपचारिक रूपमा समापन भएकाे छ ।
सो पार्टीको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले अन्तिम मत परिणाम घोषणा गर्नुभएको थियो।
अन्तिम मत परिणाममा केपी शर्मा ओलीको नेतृत्वमा ३०१ सदस्यीय केन्द्रीय कमिटी र २५ / २५ जना सदस्यीय केन्द्रीय अनुशासन आयोग र लेखा आयोगका पदाधिकारी र सदस्यहरु निर्वाचित भएका छन् ।
आयोगका अध्यक्ष डा. सुब्बा समक्ष नवनिर्वाचित पार्टी अध्यक्ष ओलीले शपथ ग्रहण लिनुभएकाे थियो । भने अन्य पदाधिकारी तथा सदस्यलाई अध्यक्ष ओलीले शपथ ग्रहण गराउनुभयो ।




प्रतिक्रिया