
बीरगंज ३ पुस । पर्सा प्रहरीले दाल फ्याक्ट्रीबाट ठूलो परिमाणमा सुपारी बरामद गरेको खबरले खुवै मिडियामा दिनभरी चर्चाकाे बिषय बन्याे।
वीरगंज महानगरपालिका वडा नं. २ बाइपास रोडमा रहेको दाल फ्याक्ट्रीमा छापामारी गरेर प्रहरीले सुपारी बरामद छ।
पर्सा प्रहरी उपरीक्षक सुदीपराज पाठकका अनुसार दाल फ्याक्ट्रीबाट ना. ७ ख ७४२० र ना. ४ ख ६८३२ नम्बरको टेलरबाट १८०० बोरा सुपारी बरामद भएकाे बताए । पाठकका अनुसार उक्त सुपारीको बजार मूल्य ४ करोड ७७ लाख ४० हजार रुपैयाँकाे रहेकाे मिडियालाइ जनाए ।
पाठकका अनुसार उक्त सुपारी व्यापारी निशान्त रोनावतको फ्याक्ट्रीमा टेलरबाट अनलोड भइरहेको थियो।
पाठकका अनुसार सुपारी दाल फ्याक्ट्रीबाट महोत्तरीको बर्दिबास पठाउन लागिएको थियो। उक्त सुपारी लोड गर्न तयारी अवस्थामा राखिएको अर्को ट्रकसमेत नियन्त्रणमा लिइएको पाठकले जनाए।
उनका अनुसार ना. ७ ख ७४२० नम्बरको टेलरबाट सुपारी अनलोड भइरहेको थियो भने ना. ४ ख ६८३२ नम्बरको टेलरबाट सुपारी अनलोड गर्ने तयारी भइरहेको बताए।
त्यसक्रममा ती दुवै टेलर ट्रकका चालक पक्राउ परेकाे बताए । पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका २० का ४१ वर्षीय रामभरोस महरा र बारा जितपुर उपमहानगरपालिका १९ का ५१ वर्षीय रामप्रसाद यादव रहेका छन्।
ठूलो परिमाणमा सुपारी तस्करी भइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी उपरीक्षक सुदीपराज पाठकको नेतृत्वमा टोली खटिएकाे थियाे ।
पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु कार्कीअनुसार टोली खटिँदा दाल फ्याक्ट्रीबाट सुपारी अनलोड गरिरहेको र लोड गर्ने तयारी हुँदै गर्दा टेलर नियन्त्रणमा लिइएको जनाए ।
बरामद सुपारी कहाँबाट ल्याइएको भन्नेबारे प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको छ। भने बरामद सुपारी‚ टेलर र पक्राउ परेका चालकलाई अनुसन्धानकालागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको छ।
तस्करी विरुद्ध आक्रामक कारबाही भइरहेको एसपी पाठकले जनाए । अन्य तस्करीका सूचना संकलन तथा विश्लेषण भइरहेको छ।
तस्करी नियन्त्रणमा प्रहरीले कुनै छुट दिने छैन। यो सुपारी तस्करी गर्ने समूहबारे अनुसन्धान भइरहेको एसपी पाठकले मिडियाकर्मीलाइ बताए ।




प्रतिक्रिया