[समाचार]$type=blogging$count=5$cate=0$author=hide$date=hide$$show=home$$com=hide

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

neelambads

भन्सार एजेन्टकाे पेन डाउन कारण वीरगंज भन्सारको राजश्व उठेन

580

 
बीरगंज २३ मंसिर । राष्ट्रिय राजश्वमा सबैभन्दा बढी योगदान पुर्याउने वीरगंज भन्सार कार्यालयको राजश्व सङ्कलन मंगलबार शून्यमा झरेको समाचार छ । 

भन्सार एजेन्टहरूले मङ्गलबार बिहानै देखि ‘पेन डाउन’ ( कागजी काम बन्द ) गरी आन्दोलनमा उत्रिएपछि कार्यालयको राजश्व सङ्कलन ठप्प भएको छ । 

‘भन्सार ऐन, २०८२’ मा भएका केही प्रावधानहरूको विरोध गर्दै भन्सार एजेन्ट महासंघ नेपालले देशव्यापी आन्दोलन सुरु गरेपछि वीरगंज भन्सार कार्यालयको सम्पूर्ण गतिविधि अवरुद्ध भएको छ । 

वीरगंज भन्सार कार्यालयका सूचना अधिकारी उदय सिंह विष्टले भन्सार एजेन्टहरूको काम बन्दका कारण राजश्व सङ्कलन शून्यमा झरेको जानकारी गराएका छन् । 

यसअघि आइतबार देखि नै आन्दोलन सुरु भए पनि छलफल गरी कामकाजलाई निरन्तरता दिइएकोमा मङ्गलबार बिहानै देखि महासंघले देशव्यापी आन्दोलन घोषणा गरेपछि समस्या आएको उहाँले बताए ।

भन्सार एजेन्ट संघ, वीरगंजका अध्यक्ष राजमान तामाङले भन्सार ऐन, २०८२ को उपदफा ७१ को ( झ ) मा गरिएको व्यवस्था अव्यावहारिक रहेको भन्दै त्यसलाई हटाउन माग गरेका छन् । 

उहाँका अनुसार उक्त उपदफा ( झ ) मा स - साना मानवीय त्रुटिका कारण घोषणा रकमको १० प्रतिशत जरिवाना भन्सार एजेन्टले नै तिर्नुपर्ने प्रावधान रहेको छ । 

जसले एजेन्टहरूलाई ठूलो मार पारेको छ । उक्त व्यवस्था नहटाइए सम्म एजेन्टहरू काममा नफर्किने उहाँको भनाइ छ ।

देशको प्रमुख व्यापारिक नाका वीरगंजबाट भन्सार कार्यालयले मासिक साढे सत्र अर्ब रुपैयाँ र प्रतिदिन ५७ करोड रुपैयाँभन्दा बढी राजश्व सङ्कलन गर्ने गरेको छ । 

यस नाकाबाट नेपालकालागि ७५ प्रतिशतभन्दा बढी खाद्य पदार्थ, ७० प्रतिशतभन्दा बढी औद्योगिक कच्चा पदार्थ तथा पेट्रोलियम पदार्थ आयात हुने गरेकाे छ । 

वीरगंज भन्सार कार्यालयको आयात निर्यातमा आएको यो अवरोधलाई सरकारले छिटोभन्दा छिटो समाधान गर्न नसके देशभरका उपभोक्ताहरूले यसको नकारात्मक प्रभाव बेहोर्नुपर्ने अवस्था आउने संभावना छ ।


प्रतिक्रिया

neelambads
neelambads
neelambads
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?
Name

business,29,crime,75,entertainment,2,health,14,main news,61,news,116,newspaper,7,newक,2,politics,23,sports,3,tech,3,world,5,कर्णाली,49,कोशी,49,गण्डकी,49,बागमती,49,मधेश,49,लुम्बिनी,49,सुचना । सुचना ।। सुचना ।।।,1,सुदूरपश्चिम,49,
ltr
item
राष्ट्रिय दैनिक जन समर्पित : भन्सार एजेन्टकाे पेन डाउन कारण वीरगंज भन्सारको राजश्व उठेन
भन्सार एजेन्टकाे पेन डाउन कारण वीरगंज भन्सारको राजश्व उठेन
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgW_Z_u-ZcpF5bQeJHcnFShxxXnyQVL-nn4uxcSAy36B143RbObmNTTi0TPN9n_eNxI7lk6O4W3Lxg5_w-e0bwOhbxS7KtAioPXhRLztUvsFQvP1aU0G9HGjKdIMCvz1kftbgCbQaZmCQG4cNAcJtB0p7xBmxdybStWDpP-ocbVY8lTthsTPQ0olQM6NIM/s320/Capture2024-10-20-10-53-40.jpeg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgW_Z_u-ZcpF5bQeJHcnFShxxXnyQVL-nn4uxcSAy36B143RbObmNTTi0TPN9n_eNxI7lk6O4W3Lxg5_w-e0bwOhbxS7KtAioPXhRLztUvsFQvP1aU0G9HGjKdIMCvz1kftbgCbQaZmCQG4cNAcJtB0p7xBmxdybStWDpP-ocbVY8lTthsTPQ0olQM6NIM/s72-c/Capture2024-10-20-10-53-40.jpeg
राष्ट्रिय दैनिक जन समर्पित
https://www.jansamarpitdaily.com.np/2025/12/blog-post_57.html
https://www.jansamarpitdaily.com.np/
https://www.jansamarpitdaily.com.np/
https://www.jansamarpitdaily.com.np/2025/12/blog-post_57.html
true
7538401559029675775
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content