बीरगंज २३ मंसिर । बीरगंज बजारमा अनुगमन समय समयमा नहुँदा पल्केका ब्यापारीहरू कहाँ बिक्री बितरण गर्न राखिएकाे म्याद गुज्रिएका पाउरोटी, केक, बर्फी र दुनोट बीरगंज महानगरपालिकाबाट खटी गएकाे अनुगमन टाेलीले जफत गरेकाे समाचार छ ।
मंगलबार वीरगंज महानगरपालिकाको बजार अनुगमन टोलीले वीरगंज वडा नं. ८ पानीट्यांकी स्थित शक्तिमान बेकरी एण्ड फुड प्रोडक्ट्स, वीरगंज वडा नं. ११ रानिघाट स्थित शीला बेकरी उद्योग र लक्की पाउरोटी उद्योगमा पुगेर छड्के अनुगमन गरेको थियाे।
अनुगमनका क्रममा मैदा मुछ्ने भाडा र उक्त स्थानमा फोहोर समेत रहेकाे भेटियाे, म्याद गुज्रिएका पाउरोटी, केक, बर्फी , दुनोटहरू फेला परेको, मूल्य सूची नझुण्डयाइएका जस्ता लापरबाही भेटिएको अनुगमन टोलीले जनाएकाे छ।
अनुगमनका क्रममा भेटिएका म्याद गुज्रिएका ती सबै वस्तुहरू जफत गरी नष्ट गरिएको छ।
साथै महानगरपालिकाको कार्यालयमा व्यवसाय दर्ता नगरेका र नवीकरण पनि नगरेको भेटिएको र साे उद्योगका सञ्चालकलाई ७ दिनभित्र महानगरपालिकाको कार्यालयमा सम्पर्क गरेर आवश्यक प्रक्रिया पूरा गर्न निर्देशन समेत अनुगमन टाेलीले दिइएकाे छ ।






प्रतिक्रिया