बीरगंज २९ मंसिर । विशेष अदालतले पतञ्जली जग्गा प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल विरुद्ध मुद्दा चलाउने निर्णयको फाइल मगाउने आदेश दिएको समाचार छ।
विशेष अदालतका सदस्य न्यायाधीश नारायण प्रसाद पौडेल र डिल्ली रत्न श्रेष्ठको इजलासले नेपाल विरुद्धको मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट २०६९ मंसिर २५ गते भएको निर्णय सहितको फाइल झिकाउन आदेश दिएको छ।
भने अदालतले साक्षीहरूलाई भौतिक वा श्रव्यदृष्य माध्यममार्फत उपस्थित गराएर बकपत्र गराउन पनि आदेश दिएको छ।‘
वादीको साक्षी विशेष सरकारी वकील, कार्यालय मार्फत अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट र प्रतिवादीहरूको साक्षी निज प्रतिवादीहरु मार्फत झिकाई भौतिक रूपमा वा श्रव्यदृष्य माध्यम (Video conferencing) मार्फत उपस्थित गराई बकपत्रको निमित्त इजलास समक्ष पेस गर्नू,’ अदालतले भनेको छ ।’प्रस्तुत मुद्दाको विषय सम्बद्ध उजुरीका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट मिति २०६९।०८।२५ मा भएको निर्णय सहितको फाइल झिकाउनू।’ भनेकाे छ ।






प्रतिक्रिया