
बीरगंज २९ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचारमा विशेष अदालतद्वारा सफाइ पाएका खानेपानी मन्त्रालयका सचिव डा. सञ्जय शर्माविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दिएको समाचार छ ।
आयोगले हिजो विज्ञप्ति निकाल्दै मेलम्ची खानेपानी विकास समितिका तत्कालिन अध्यक्ष र खानेपानी मन्त्रालका सचिवहरु भीम प्रसाद उपाध्याय, गजेन्द्र कुमार ठाकुर, मेलम्ची खानेपानी विकास समितिका तत्कालीन बोर्ड सदस्य रुद्र सिंह तामाङ, तत्कालीन बोर्ड सदस्य मुकुन्द प्रसाद पौडेललगायत १७ जनाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ ।
फैसला पुनरावलोकनका लागि सर्वोच्चमा गरिएको पुनरावेदनमा नवयुवा शहीद परिवारको तर्फबाट सरकारसँग सम्झौतामा हस्ताक्षर गरेका भोज विक्रम थापालाई विपक्षी बनाएको छ ।
भने मेलम्ची आयोजना भ्रष्टाचारबारे अख्तियारले २०८० फागुनमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
भ्रष्टाचार मुद्दामा थापा विरुद्ध ३२ करोड ३५ लाख ६१ हजार ६ सय ६३ रुपैयाँ बिगो कायम गरी जरिवाना र कैद सजाय माग दाबी गरिएको थियो ।
विशेष अदालतले सफाइ दिएपछि अख्तियार सर्वोच्च गएको थियाे । विशेष अदालतले २०८१ भदौ १६ गतेको फैसलाबाट आंशिक सफाइ दिएकाले फैसलामा चित्त नबुझेकाले हिजो सर्वोच्च अदालतमा पुनरावेदन गरेको हो ।





प्रतिक्रिया