बीरगंज १ पुस। पर्सा प्रहरीले पिकअप गाडीबाट गाँजा बरामद गरेको समाचार छ।
प्रहरी उपरीक्षक सुदीपराज पाठकका अनुसार सोमबार राति बा. २१ च ७८५५ नम्बरको पिकअप गाडीबाट १७६ किलो गाँजा बरामद गरिएको जनाए।
प्रहरी चौकी सिर्सियाको टोलीले राति ८ बजे वीरगंज महानगरपालिका १७‚ कोनिया स्थित ग्राभेल सडक खण्डबाट गाँजा बोकेको पिकअप चेक जाँचका क्रममा गाँजाका १२ वटा पोका फेला परेको प्रहरी उपरीक्षक पाठकले बताए।
प्रहरीले पिकअप चालक रामेछाप खाडादेवी गाउँपालिका १ का २८ वर्षीय सुवराज श्रेष्ठलाई पक्राउ गरेको छ। पक्राउ परेका श्रेष्ठलाई लागुऔषध मुद्दामा अनुसन्धान थालिएको छ।






प्रतिक्रिया