बीरगंज २३ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज जनप्रदर्शन र बृहत सभा आयोजना गर्दैछ । राप्रपाले आज बिहान ११ बजेदेखि काठमाडौंको रत्नपार्कमा जनप्रदर्शन र बृहत सभाको आयोजना गर्न लागेको खबर छ ।
राप्रपाले ‘आम निर्वाचन अगावै कसैले नजित्ने, कसैले नहार्ने देशले जित्ने’नवीन समझदारीका लागि राजा, राजनीतिक दल र जेन्जी लगायतको सर्वपक्षीय सम्मेलनको प्रमुख मागसहित आजको प्रदर्शन गर्न लागेको अध्यक्ष राजेन्द्र लिङदेनले जानकारी गराए ।
त्यस्तै राप्रपाले अन्तर जिल्ला तथा विदेशमा बस्ने नेपालीको मतदान गर्ने अधिकार सुनिश्चित गर्न, जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरूको माग पूरा गराउन र जनदबाब सिर्जना गर्न प्रदर्शन गर्न लागेको उहाँले बताए ।






प्रतिक्रिया