बीरगंज २३ मंसिर । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्ण प्रसाद यादवले रौतहटका विभिन्न शक्तिपिठमा पूजाअर्चना गर्नुभएको समाचार छ ।
आइतबार मधेश भवन जनकपुरमा मुख्यमन्त्रीको सपथ लिएसँगै गृह जिल्ला रौतहट आउनुभएका यादवले सोमबार रौतहटको राजदेवी नगरपालिकास्थित राजदेवी मन्दिरको दर्शन गरी पूजाअर्चना गर्नुभयाे।
मधेश प्रदेशको समुन्नती, भ्रष्टाचारमुक्त समाज निर्माण तथा मानव कल्याणको कामना गर्दै राजदेवी मातासँग प्रार्थना गरेको उहाँले जनाउनुभयो ।
करिब १० मिनेट मन्दिरको गर्भगृहमा दर्शनसँगै मुख्यमन्त्री यादवलाई मन्दिरका पुजारी मनोज कुमार मिश्रले पूजाअर्चना गराउनुभयो ।
मुख्यमन्त्री यादवले सोमबार नै रौतहटको दुर्गाभगवती वडा नं. ३ मत्सरीस्थित दुर्गा मन्दिरमा समेत पूजाअर्चना गर्नुभएको नेपाली कांग्रेस मधेश प्रदेश सूचना सञ्चार प्रसार विभागका प्रमुख नितेश कुमार गुप्ताले जनाए ।
आइतबार साँझ रौतहट आउनुभएका मुख्यमन्त्री यादवले रौतहटको गरुडा, गढिमाइ, दुर्गाभगवति, राजदेवि, गौर, कटहरियाका आम जनसमुदायसँग स्थानीय स्तरका समस्या, गुनासो तथा सम्भावित समाधानका विषयमा जनतासँग बिचार बिमर्श गर्नुभएकोे कुरा प्रमुख गुप्ताले जनाउनुभयो ।






प्रतिक्रिया