बीरगंज २ पुस । गाउँपालिकाकाे केही कर्मचारीले प्रेस चाैतारी नेपाल ,पर्साका सदस्य शैलेस साहमाथी दुर्व्यवहार गरेकाे घटना सम्बन्धमा आज जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी भाेला दहालले आफ्नो कार्यकक्षमा दुबै पक्षलाइ राखेर छलफल गराउनु भयाे ।
उक्त छलफलमा पत्रकार साहमाथी दुर्व्यवहार गर्ने पालिकाका कर्मचारी जितेन्द्र मिश्रा र इन्द्रजित हजराले माफी मागेका थिए । भने साे छलफलमा गाउँपालिका कार्यालयका कार्यालय प्रमुख प्रशासकिय अधिकृत राज कुशवहा र प्रेस चाैतारी नेपाल पर्साका अध्यक्ष निरन्जन मिश्र रहनु भएकाे थियाे ।
भने प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष मिश्रकाे नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पर्सामा गएकाे टाेलीमा मधेश प्रदेश चाैतारीका सदस्य तथा रिपाेटर्स क्लब नेपाल पर्साका अध्यक्ष कन्हैया गुप्ता, चाैतारीका केन्द्रिय सदस्य विजय भण्डारी , नेपाल पत्रकार महासंघ पर्साका सह सचिव एसके चौरसिया, चाैतारी पर्साका सदस्य किरण सत्याल, शैलेश साह, राजन रौनियार, राजन सिंह, दीपेन्द्र बिसी, निलम पन्त, शवनम भट्टराइ, रामजी यादव, मृत्युन्जय साह, अभिलाष गुप्ता, कृष्णा श्रीवास्तव, विजय साह लगायतको सहभागिता थियो।






प्रतिक्रिया