बीरगंज २३ पुस । नारायाणी अस्पतालमा चेकजाँच गराउन आउने गरीब निमुखा बिरामीकाे रगत, दिशा, पिसाब लगायत अन्य चेकजाँच गर्न उक्त अस्पतालकाे प्रयाेगशालामा लामाे लाइन र भिडभाडलाइ कम गर्ने र प्राइबेट प्रयाेगशाला भन्दा धेरै सस्ताे रकममा रिपाेर्ट छिटाे छरिताे प्रयाेगशालामा चेकजाँच गरी बिरामीलाइ दिने उधेश्यले बीरगंज महानगरपालिकाले आफ्नै लगानी गरेर संचालनमा ल्याएकाे बीरगंज जनस्वास्थ्य प्रयाेगशालामा कार्यरत कर्माचारीद्वारा चलखेल सुरु भएकाे जनमानसमा आशंका बढेकाे छ ।
बीरगंज महानगरपालिका कार्यालयले नारायणी अस्पताल नजिक करोडौं रुपैयाँ खर्चेर निर्माण गरिएको बीरगंज जन स्वास्थ्य प्रयाेगशालाका कर्मचारीहरुले आज दिउँसो १ बजेदेखि रगत, पिसाब लगायत परिक्षण बन्द गरेका छन् ।
प्राप्त समाचारअनुसार आज दिउँसो १ बजे कम्प्युटरको प्रिन्टर बिग्रिएको कारण ल्याबको रिपोर्टहरु प्रिन्टरबाट प्रिन्टिङ गर्न नसकिने भएकाले ल्याब परीक्षण गर्ने कार्य नै बन्द गरीएको कुरा काउण्टरमा बस्ने एक कर्मचारीले बिरामीका अभिभावक कन्हैया गुप्तालाई बताए।
रगतको नमुना आज लिनुस भोली दिउसो ११ बजे रिपोर्ट दिनु होला भनेर अभिभावक गुप्ताले बीरगंज जन स्वास्थ्य प्रयाेगशालाकाे काउण्टरमा बस्ने कर्मचारीलाई अनुरोध समेत गर्दा काउण्टरका कर्मचारीले रगतको नमुना लिन मानेन।
उल्टै काउण्टरकै कर्मचारीले भोली दिउसो ११ बजे आउनु होला। प्रिन्टर तयार भएमा रगतकाे नमुना लिएर आधा घण्टा पछि रिपाेर्ट तैयार गरेर दिन्छु भनी जनाए ।
प्रिन्टरले रिपोर्ट प्रिन्टिङ गर्न नसकेकै कारण अन्य बिरामीका अभिभावकहरू अलपत्रमा परेका थिए । साे बिरामीहरुको रिपोर्ट वाट्स अप मार्फत पठाउने तैयारी काउण्टरका कर्मचारीले गरी रहेका थिए।
स्मरण रहोस् , बिरामी मंगलबार नारायणी अस्पतालमा भिडियो एक्सरे गराएर घर फर्किने क्रममा दिउँसो ३ ः ३० बजे बीरगंज जन स्वास्थ्य प्रयाेगशालामा रगत परिक्षण गराउन जाँदा काउण्टरमा बसेकाे कर्मचारीले आजको समय सक्यो। तपाईं भोली बिरामीलाइ लिएर आउनु होला। भनेर जनाए।
सोही बमोजिम आज बुधबार दिउँसो १ ः ३० बजे बीरगंज जन स्वास्थ्य प्रयाेगशालामा रगत परिक्षण गराउन जानु भएको थियो।


.jpeg)



प्रतिक्रिया