
वीरगंज २१ पुस । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगंज महानगरपालिकाकाे विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको समाचार छ ।
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार आज दिउँसो १ ः ०० बजेदेखि लागू हुने गरी अर्को आदेश नभएसम्मका लागि यो निषेधाज्ञा जारी गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी गरीएकाे सूचना अनुसार, स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ( ३ क ) बमोजिम शान्ति सुरक्षा कायम राख्नका लागि वीरगंजमा तोकिएकाे चार किल्लाभित्र कुनै पनि किसिमको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न पाइने छैन् ।
पूर्वमा बसपार्क क्षेत्र देखि पश्चिममा सिर्सिया पुलसम्म, उत्तरमा पावर हाउस चोक देखि दक्षिणमा शङ्कराचार्य गेट सम्म निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालले जनाएको छ ।
प्रशासनले उक्त आदेशको उल्लङ्घन गर्ने जोसुकैलाई नियन्त्रणमा लिई कानुन बमोजिम कडा कारबाही गरिने समेत जनाएको छ ।
पछिल्लो समय सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै प्रशासनले यो कदम चालेको खबर छ। सर्वसाधारणलाई शान्ति सुरक्षा कायम राख्न सहयोग गर्न र प्रशासनको आदेश पालना गर्न अनुराेध समेत गरेकाे छ ।




प्रतिक्रिया