बीरगंज २१ पुस । पशु क्वारेन्टाइन कार्यालय बीरगंजले पशु ढुवानी मापदण्ड २०६४ काे प्रभावकारी कार्यन्वयनकाेलागी सराेकारवालासँग क्वारेन्टाइनकाे सभाहलमा आइतबार अन्तरक्रिया कार्याक्रमकाे आयाेजना गरयाे ।
साे अन्तरक्रिया कार्यक्रम पशु क्वारेन्टाइन कार्यालय बीरगंजका प्रमुख वरिष्ठ चिकित्सक डा . राकेश माेहन सिहंकाे अध्यक्षतामा भयाे ।
कार्यक्रमका प्रमुख अतिथी नेपाल भेटनरी एशाेसिएन मधेश प्रदेशका अध्यक्ष डा. दिनेश तिवारीकाे प्रमुख अतिथ्यतामा भएकाे पशु ढुवानी मापदण्ड २०६४ काे प्रभावकारी कार्यन्वयनकाे लागी सराेकारवालासँग अन्तरक्रिया कार्यक्रममा ब्यापक सराेकारवालासँग छलफल गरीयाे ।
पशु ढुवानीमा देखिएकाे त्रुटीहरूलाइ थप सुधार गर्दै लैजाने पशु ब्यवसायीहरूले उक्त अन्तरक्रिया कार्यक्रममा प्रतिबद्धता जनाए ।
उक्त कार्यक्रममा सराेकारवाला कुखुरा ब्यवसायी संघ पर्साका अध्यक्ष देवेन्द्र सिहं, पशुपंक्षी ब्यवसायी संघका अध्यक्ष भिम बहादुर सुनुवार, बारा जितपुरका पशु ब्यापारी सदाम हुसेन, साविर हुसेन, सलाउदिन अंसारी, तुलसी माझी, साेमलाल, मनाेज पासवान, मकवानपुर हेटाैडाका पशु ब्यापारी रामचन्द्र थापा, राम लामा, धादिङ्ग जिल्लाका पशु ब्यापारी मनाेज नेपाली, राजन आलेले पशु ढुवानी गर्दा कागज पत्र समेत देखाउदा तापनि बाटाेमा प्रहरी प्रशासनले अनावश्यक दुख दिने गरेकाे पशु ढुवानी ब्यवसायीहरूले साे अन्तरक्रिया कार्यक्रममा बताए ।
अन्तरक्रिया कार्यक्रममा पशु क्वारेन्टाइन कार्यालय बीरगंजका पशु चिकित्सक डा. भरत साह, पशु क्वारेन्टाइन चेक पाेष्ट बारा पथलैयाका डा. महेश देव बन्जारा, पशु स्वा. प्रा. केशराज प्रसाद कुर्मी, पशु क्वारेन्टाइन चेक पाेष्ट मटिआर्वा बाराका पशु.स्वा.प्रा. रामाधार प्रसाद साह र निजी तर्फका पशु चिकित्सक डा. कमरूल अंसारी, डा. रबी साह, डा. सुवास झा, रिपाेटर्स क्लब नेपाल पर्साका अध्यक्ष एवं राष्ट्रिय दैनिक जन समर्पित पत्रिकाका सम्पादक कन्हैया गुप्ता, पशु क्वारेन्टाइन कार्यालय बीरगंजका लेखापाल धन्नजय कुमार दास, पशु.स्वा.प्रा.समिक्षा श्रेष्ठ लगायत कर्माचारी अनिल प्रसाद कुर्मी, सराेज यादव र राम एकवाल विनकाे उपस्थिति समेत रहेकाे थियाे ।







प्रतिक्रिया