
बीरगंज १८ पुस । अदालतले नेपाल प्रहरीका नायव उपरीक्षक मधु नेपाललाइ पुर्पक्षका लागि कारागार चलान गरेकाे समाचार छ ।
रुपन्देही जिल्ला अदालतका न्यायाधीश चाणक मणि अर्यालको इजलासले बुधबार उहाँलाई बहुबिबाहको मुद्दामा पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिइएकाे थियाे।
प्रहरीकै असई गीता पुरीसँग बहुविवाह गरेको आरोपमा उहाँ विरुद्ध प्रहरीमा जाहेरी परेको थियो। जाहेरी परेपछि रुपन्देही प्रहरीले हिरासतमा राखेर उहाँमाथि अनुसन्धान अगाडी बढाएको थियो।
असई पुरीलाई भने ३० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश गरेकाे छ।
बयानका क्रममा पनि उनले पुरीसँग बिबाह गरेको स्वीकार गरेका छन्। तर उनले जेठी श्रीमतीको सहमतीमै दोस्रो विवाह गरेको दाबी गरेका छन्।




प्रतिक्रिया