
वीरगंज २ फागुन । सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने मुख्य अभयिुक्तहरुको खोजी कार्य भइरहेको समाचार छ । साे घटनाकाे मुख्य अभयिुक्त मदन रुन्चे भनिने वीरगंजको घडिअर्वा निवासी मदन गुप्ता अहिले फरार रहेका छन । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
वीरगंजकाे आदर्शनगरमा प्रहरीमाथि आक्रमण गरेको अभियाेगमा पर्सा प्रहरीले ६ जनालाई पक्राउ गरेका छन । भन्सार छली गरी भण्डारण गरिएका सामान नियन्त्रणमा लिन गएका सुरक्षाकर्मीमाथि भौतिक आक्रमण गरेका ४ जना नेपाली र २ जना भारतीयहरूलाई ज्यान मार्ने उद्योग तथा आपराधिक उपद्रव सम्बन्धी कसूरको अभियाेगमा प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा वीरगंज महानगरपालिका वडा नं. १ छप्कैयाका ३८ वर्षीय दिपराज सहनी मलाह, वडा नं. १० घडिअर्वाका ४६ वर्षीय प्रमोद कुमार कानु, २० वर्षीय कुन्जन सर्राफ, पर्साको विन्दवासिनी गाउँपालिका ५ का ५५ वर्षीय श्रीचन्द्र प्रसाद साह , भारत विहार मोतहिारी रक्सौलका ४० वर्षीय प्रभु महतो, भागलपुर पोडियाका ३५ वर्षीय प्रतिम कुमार चौधरी छन् ।
गत माघ २६ गते बिहान वीरगंज आदर्शनगरस्थित रुन्चे मदन भनिने मदन गुप्ताको गोदाममा भण्डारण गरिएको अबैध सामान नियन्त्रणमा लिन गएका सशस्त्र प्रहरी बल, वीरगंज भन्सार कार्यालयका प्रतनिधि तथा सुरक्षाकर्मीको संयुक्त टोलीमाथि आक्रमण गरेको अभियाेगमा ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी गराए ।
उहाँले पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी अनुसन्धान अगाडी बढाएको जनाए ।





प्रतिक्रिया