लहान १३ असार । उपेन्द्र यादवले लहानमा आयोजित कार्यक्रममा प्रदेश खारेज कुनै पनि हालतमा स्वीकार्य नहुने बताउनुभयो।
उहाँले जनता समाजवादी पार्टी नेपाल गणतन्त्र, सङ्घीयता र समावेशिताको पक्षमा दृढ रहेको उल्लेख गर्दै पार्टी संगठन सुदृढ बनाउन, सामाजिक सञ्जालको प्रभावकारी प्रयोग गर्न तथा आगामी स्थानीय र प्रदेश निर्वाचनको तयारीमा जुट्न नेता–कार्यकर्तालाई निर्देशन दिनुभयो।
साथै, कार्यक्रममा पार्टीको हारका कारण र जनअपेक्षाअनुसार काम हुन नसकेको विषयमा पनि समीक्षा गरिएको थियो।





प्रतिक्रिया