वीरगंज, २० असार । वीरगंज महानगरपालिका वडा नं. ३ मा आज एक विशेष रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
वडा कार्यालय र स्थानीय युवाहरूको संयुक्त पहलमा "रक्तदान जीवन दान" भन्ने पवित्र उद्देश्यका साथ यो कार्यक्रम आयोजना गरिएको हो।
उक्त कार्यक्रम वीरगंज महानगरपालिका वडा नं. ३ का वडाध्यक्ष बैजुलाल स्वर्णकारको अध्यक्षता तथा हेल्पिङ्ग युथ क्लब र नेपाल रेडक्रस सोसाइटीका प्राविधिक एवं स्थानीय सहकार्यमा सम्पन्न भएको हो।
कार्यक्रममा बी.म.न.पा. ३ नं. वडाका वडा सदस्य अब्दुल कुद्दुस मिया, राजीव श्रेष्ठ, बरकतुन नेसा, र रणजिता दासको उपस्थिति थियो ।
वडा समितिका कर्मचारी वडा सचिव बिरेन्द्र साह र सह-वडा सचिव मोहम्मद समिमले कर्याक्रमलाई सफल बनाउन बिशेष भुमिका निर्वाह गर्नु भएका थिए ।
गर्मिका बाबजुद पनि स्थानीय युवा तथा वडावासीहरूमा रक्तदानका लागि ठूलो उत्साह देखिएको थियो।
कार्यक्रममा वडावासी सौराज पाण्डे, विजय कुमार पटेल, सोनु पण्डित कुम्हाल, अफान अन्सारी, अमित सरार्फ, विशाल सरार्फ, सैफ अलि (मुन्ना), दिनेश प्रसाद, निखिल सरार्फ, सजाद हुसेन, शेख अफराज, कैस हुसेन, इरफान अन्सारी, समिर हवारी र सजाद अली लगायतका २५ जना भन्दा बढी रक्तदाताहरुले स्वतः स्फूर्त रूपमा रक्तदान गरी मानवीय कार्यमा योगदान पुर्याएका थिए।
कार्यक्रमको समापन गर्दै वडाध्यक्ष बैजुलाल स्वर्णकारले "रगतको अभावमा कसैले पनि ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यले रक्तदान कार्याक्रम गरेको संचारकर्मीलाई जानकारी गराए ।
साथै रक्तदान कार्यक्रममा आफ्नो अमूल्य रगत दान गर्नुहुने सम्पूर्ण रक्तदाता, सहयोगी संस्था हेल्पिङ्ग युथ क्लब र रेडक्रस सोसाइटी प्रति वडा कार्यालयको तर्फबाट उहांले आभार समेत ब्यक्त गर्नु भएको थियो ।








प्रतिक्रिया