सर्लाही १८ श्रावणा। सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुरबाट सोमबार बिहान ठुलो परिमाणमा लागुऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडि जाँचका क्रममा पूर्वतर्फ आउँदै गरेको बीआर ०९ एम ३७६६ नम्बरको भारतीय कारको डिकीमा लुकाइराखिएको २३ वटा पोकाबाट १०९ किलो (एक क्विन्टल नौ किलो) गाँजा बरामद भएको हो।
पक्राउ पर्नेमा भारतको सितामढीका २६ वर्षीय दीपक कुमार महतो (कार चालक) र २५ वर्षीय अमन कुमार रहेका छन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता (डीएसपी) वेदप्रसाद गौतमका अनुसार उक्त गाँजा कहाँबाट ल्याइएको हो भन्नेबारे अनुसन्धान भइरहेको छ।





प्रतिक्रिया