$show=home

लोड हुँदैछ...

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[समाचार]$type=blogging$count=5$cate=0$author=hide$date=hide$$show=home$$com=hide

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

neelambads

लक्ष्मी खड्का मृत्यु प्रकरण : परिवारद्वारा निष्पक्ष छानबिन र दोषीमाथि कानुनी कारबाहीको माग

580

कन्हैया गुप्ताबाट -
वीरगञ्ज, १८ श्रावण। ठोरी गाउँपालिका निवासी शिक्षक तथा समाजसेवी लक्ष्मी खड्काको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र दोषीमाथि कानुनी कारबाहीको माग गर्दै परिवारजनले सोमबार वीरगञ्जस्थित होटल पशुपतिमा पत्रकार सम्मेलन गरेका छन्।
रिपोटर्स क्लब नेपाल, पर्साको ब्यानरमा आयोजित पत्रकार सम्मेलनमा मृतकका परिवारले घटनालाई आत्महत्या नभई हत्या भएको दाबी गरेका हुन्।
मृतकका बुवा खडक बहादुर खड्काले आफ्नी छोरीले आत्महत्या नगरेको दाबी गर्दै उनका श्रीमान् रेशम बहादुर सिलवाल, ससुरा श्याम बहादुर सिलवाल, सासू यावत कुमारी सिलवाल, नन्द मिना सिलवाल अगस्ती तथा भिनाजु नवराज अगस्ती संलग्न रहेको आरोप लगाए।
उनले घटनाको निष्पक्ष अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न र दोषीलाई कानुनबमोजिम कारबाही गर्न सम्बन्धित निकायसँग माग गरे।
मृतककी आमा देव कुमारी खड्काले आरोपितहरूलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया प्रभावकारी रूपमा अघि नबढाइएकै कारण १३ दिनदेखि आफ्नी छोरीको शव नारायणी अस्पतालमा रहेको बताइन्।
मृतकका मामा इन्द्र बहादुर बस्नेतले पनि श्रावण ६ गते भएको घटनापछि हालसम्म प्रभावकारी अनुसन्धान नभएको भन्दै पीडित परिवार न्यायको खोजीमा वीरगञ्जमा बस्न बाध्य भएको बताए।
पत्रकार सम्मेलनमा ठोरी गाउँपालिकाकी उपाध्यक्ष तथा न्यायिक समिति संयोजक गोकुली कुमारी रेग्मीले इलाका प्रहरी कार्यालय ठोरी र इलाका प्रहरी कार्यालय पोखरियाले तयार गरेका मुचुल्कामा फरक देखिएको दाबी गर्दै घटनाको निष्पक्ष छानबिन आवश्यक रहेको बताइन्।
स्थानीय समाजसेवी धिर सिंहले जिल्ला प्रहरी कार्यालय पर्साले विशेष छानबिन समिति गठन गरी मृतकको मोबाइल, लेडिज ब्यागलगायतका सामग्रीको अनुसन्धान गरी सार्वजनिक गर्न माग गरे।
पीडित पक्षले नारायणी अस्पतालको शवगृह प्रशासनको भूमिकामाथि समेत अनुसन्धान गर्न, घटनास्थल मुचुल्का र पोस्टमार्टम प्रतिवेदनबीच देखिएका विषयको सत्यतथ्य स्पष्ट गर्न तथा सम्पूर्ण अनुसन्धान पारदर्शी बनाउन स्थानीय प्रशासनसँग आग्रह गरेको छ।
ठोरी गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठले लक्ष्मी खड्काको मृत्यु प्रकरणमा सत्यतथ्य बाहिर ल्याई दोषी देखिएकामाथि कानुनबमोजिम कारबाही गराउन स्थानीय तहबाट निरन्तर पहल भइरहेको बताए।
रिपोटर्स क्लब नेपाल, पर्साका अध्यक्ष कन्हैया गुप्ताको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा मृतकका भाइ जीवन खड्का, जिल्ला समन्वय समिति पर्साका पूर्व उपसभापति ठाकुर प्रसाद न्यौपाने, ठोरी गाउँपालिका–३ का वडाध्यक्ष शम्भु खड्का, राष्ट्रिय स्वतन्त्र पार्टी ठोरी गाउँपालिका इकाइ अध्यक्ष माधव बस्नेत, समाजसेवी उषा सापकोटा तथा नेपाली कांग्रेसका स्थानीय नेता रुद्र बहादुर खड्कालगायतको उपस्थिति रहेको थियो।
उल्लेखनीय छ, लक्ष्मी खड्का ठोरी गाउँपालिकाकी स्थायी बासिन्दा, एक समाजसेवी तथा शिक्षिका थिइन्।
उनका श्रीमान् रेशमबहादुर सिलवाल सखुवा प्रसौनी गाउँपालिका–१, सिद्धपुर निवासी तथा नेपाली सेनाका पूर्व हवल्दार रहेको जनाइएको छ।
यस घटनाबारे प्रहरीको आधिकारिक धारणा तथा अनुसन्धान प्रक्रिया सार्वजनिक हुन बाँकी रहेको छ।

प्रतिक्रिया

neelambads
neelambads
neelambads
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?
Name

business,31,crime,92,entertainment,3,health,20,main news,75,news,170,newspaper,9,newक,2,politics,25,sports,3,tech,3,world,5,कर्णाली,49,कोशी,49,गण्डकी,49,बागमती,49,मधेश,49,लुम्बिनी,49,सुचना । सुचना ।। सुचना ।।।,1,सुदूरपश्चिम,49,
ltr
item
राष्ट्रिय दैनिक जन समर्पित : लक्ष्मी खड्का मृत्यु प्रकरण : परिवारद्वारा निष्पक्ष छानबिन र दोषीमाथि कानुनी कारबाहीको माग
लक्ष्मी खड्का मृत्यु प्रकरण : परिवारद्वारा निष्पक्ष छानबिन र दोषीमाथि कानुनी कारबाहीको माग
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEi6aoLVv8gsuIe6Fjqs7EMU3XWs4ZfiTkG8SJ-L-pPRO5ztLeSWulxLvj1AE8-p5Sa8UtlXxaEtgQgDNy5Km-ZrRbfArbpWsyOMcVMp39JOTF4wq4TF2O3SX8U5NwvR6DIbf5jYxAv1Pxjm4jSbrgFt17NFVf9v8U0QZoVyIK6rEqF5km-9KXHKuiJKqNM/s320/0000000.jpeg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEi6aoLVv8gsuIe6Fjqs7EMU3XWs4ZfiTkG8SJ-L-pPRO5ztLeSWulxLvj1AE8-p5Sa8UtlXxaEtgQgDNy5Km-ZrRbfArbpWsyOMcVMp39JOTF4wq4TF2O3SX8U5NwvR6DIbf5jYxAv1Pxjm4jSbrgFt17NFVf9v8U0QZoVyIK6rEqF5km-9KXHKuiJKqNM/s72-c/0000000.jpeg
राष्ट्रिय दैनिक जन समर्पित
https://www.jansamarpitdaily.com.np/2026/08/blog-post.html
https://www.jansamarpitdaily.com.np/
https://www.jansamarpitdaily.com.np/
https://www.jansamarpitdaily.com.np/2026/08/blog-post.html
true
7538401559029675775
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content