कन्हैया गुप्ताबाट
बीरगंज २१ श्रावण । रौतहटको गुजरा नगरपालिका–३ स्थित धनसार पुल नजिक महेन्द्र राजमार्गमा पेट्रोल बोकेको ट्याङ्कर दुर्घटना भई पूर्ण रूपमा आगलागी भएको समाचार छ।
बाराको अमलेखगञ्जबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ७८११ नम्बरको ट्याङ्कर सडकमा आएको मृग बचाउन खोज्दा अनियन्त्रित भई पल्टिएपछि आगलागी भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी सत्यनारायण थापाले जानकारी दिनुभयो।
चन्द्रपुर र निजगढबाट आएका दमकलको सहयोगमा बिहान करिब ६:५० बजे आगो नियन्त्रणमा लिइएको थियो। आगलागीबाट मानवीय क्षति भएको छैन भने राजमार्ग सुचारु रहेको छ। प्रहरीले २५ वर्षीय ट्याङ्कर चालक समिर गुरुङलाई नियन्त्रणमा लिएको छ।





प्रतिक्रिया