कन्हैया गुप्ता ।
वीरगञ्ज २२ श्रावण । वीरगञ्ज महानगरपालिकालाई सफा, सुन्दर र सुरक्षित बनाउने अभियानअन्तर्गत नगरभित्र जेलिएका अव्यवस्थित इन्टरनेटका तारहरू व्यवस्थापन गर्न महानगरले कडा रणनीति अपनाएको छ।
लामो समयदेखि सहरको सौन्दर्य बिग्रिनुका साथै आगलागी र दुर्घटनाको जोखिम बढेपछि महानगरपालिकाले इन्टरनेट सेवा प्रदायक (ISP) हरूसँग प्रारम्भिक छलफल सम्पन्न गरेको छ।
कार्यवाहक प्रमुख इम्तियाज आलम र प्रमुख प्रशासकीय अधिकृत वसन्त बोहराको उपस्थितिमा भएको बैठकले नागरिकको सुरक्षा र सहरको सौन्दर्यीकरणलाई प्राथमिकतामा राख्दै आगामी सोमबार दीर्घकालीन समाधानका लागि पुनः बृहत् छलफल गर्ने निर्णय गरेको छ।
सोमबारको बैठकपछि सेवा प्रदायकहरूसँगको सहकार्यमा प्रयोगविहीन तथा अव्यवस्थित तारहरू हटाउने र व्यवस्थित गर्ने काम तीव्र रूपमा अघि बढाइने महानगरले जनाएको छ।





प्रतिक्रिया