कन्हैया गुप्ताबाट ।
बीरगंज २१ श्रावण । सिन्धुलीको दुधौली नगरपालिका – ९ बाट पत्रकारको नक्कली परिचयपत्र प्रयोग गरी लागुऔषध (खैरो हेरोइन) ओसारपसार गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।
सिरहाको मिर्चैयाबाट काठमाडौँतर्फ आउँदै गरेको बा.१६ च ७८४६ नम्बरको कारबाट गियर बक्सभित्र लुकाइएको ४४ ग्राम ३४० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ।
पक्राउ पर्नेमा सिरहाका २६ वर्षीय उमेश कुमार यादव (कार चालक), ३० वर्षीय रमेश कुमार राम र २५ वर्षीय गुल्सन प्रसाद साह रहेका छन्।
चालक यादवको साथबाट 'जनजागरण खबर' को पत्रकार परिचयपत्रसमेत बरामद भएको छ। लागुऔषध नियन्त्रण ब्युरो बर्दिबासको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो भने इलाका प्रहरी कार्यालय डकाहाले यस विषयमा थप अनुसन्धान गरिरहेको छ।





प्रतिक्रिया