कन्हैया गुप्ताबाट ।
वीरगञ्ज २१ श्रावण । वीरगञ्ज महानगरपालिका – २४ बहुअरी चोक नजिकै हुलाकी सडक खण्डमा तीव्र गतिमा आएको भारतीय ग्यास ट्याङ्कर (आर.जे. १४ जी.ई. ८७१०) ले ई-रिक्सा (ना २ ह ६६८२) लाई पछाडिबाट ठक्कर दिँदा ९ जना यात्रु घाइते भएका छन्।
घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर र ३ जनाको अवस्था मध्यम रहेको छ; उनीहरूको नारायणी न्युरो अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनापछि फरार रहेका ट्याङ्कर चालक भारत मुजफ्फरपुरका ४८ वर्षीय धनेश्वर रायलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
स्वास्थ्य परीक्षणका क्रममा चालकले अत्यधिक मदिरा सेवन (मापसे) गरेको पुष्टि भएकाले पर्सा प्रहरीले उनीविरुद्ध सवारी ज्यान तथा अङ्गभङ्ग सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ।





प्रतिक्रिया