बीरगंज २१ श्रावण । धनकुटाको भेडेटार चोकबाट ६४७ किलो गाँजासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
धनकुटाबाट विराटनगरतर्फ जाँदै गरेको ना ३ ख ५०९५ नम्बरको ट्रकलाई चेकजाँच गर्ने क्रममा कालो प्लाष्टिकमा प्याक गरिएका ४८ पोका गाँजा फेला परेको हो।
पक्राउ पर्नेमा मकवानपुर कैलाशका २७ वर्षीय ट्रक चालक उमेश थिङ र सहिदभूमीका ३६ वर्षीय सहचालक तुलराम राई रहेका छन्।
उनीहरूमाथि जिल्ला प्रहरी कार्यालय धनकुटामा राखेर लागूऔषध कसुरमा थप अनुसन्धान भइरहेको छ।





प्रतिक्रिया