बीरगंज ३१ भदौ । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा.पर्साका सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खडकाको नेतृत्वमा रहेको टोलीले १३ महिनाभित्र रु. १४ करोड़ २९ लाख ५३ हजार ७ सय १८ रुपैयाँ बराबरको अबैध माल समान पक्राउ गरी सम्बन्धित निकायमा बुझाएको समाचार प्रप्त हुन आएको छ ।
सशस्त्र प्रहरी उपरीक्षक खडका ०७७ साल श्रावण १५ गते सरुवा भई सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्सामा आएको १३ महिना भित्र उहाँको नेतृत्व मा रहेको टोलीले सिमामा तस्करले भारतबाट तस्करी गरी नेपाल भित्र्याउने क्रममा कपडा, मोटर पार्टस, ईलेक्ट्रोनिक्स, हार्डवेयर, किराना समान, पशु चौपाया, कुखुरा चल्ला, भारतिय अबैध नोट, स्रोत नखुलेको नेपाली नोट लगायत काठहरु बिभिन्न मितिमा पक्राउ गरीएको डि.एस.पी.निर्मल थापाले यस राष्ट्रीय दैनिक जन समर्पित डिजिटल पत्रिकालाई जानकारी गराउनु भयो ।
डिभिजन बन कार्यालय पर्साबाट बिभिन्न मितिमा चोरी निकासी गरीएको काठहरु बिभिन्न मितिमा पक्राउ गरी रु . ४१ लाख ९१ हजार ४ सय ४४ रुपैयाँ बराबरको बिभिन्न काठ बन कार्यालय पर्सामा बुझाईएको डि.एस.पी.थापाले बताए ।
भारतबाट चोरी तस्करी गरी ल्याईएको ८८ लाख ४० हजार ५ सय ५ रुपैयाँ बराबरको पशु चौपाया पक्राउ गरी बीरगंज भन्सार कार्यालयमा बुझाईएको डि.एस.पी.थापाले जनाए ।
तस्करी गरी भारतबाट ल्याएको ५५ लाख ६५ हजार ९० रुपैयाँ बराबरको कुखुरा, चल्ला पक्राउ गरी सम्बन्धित निकायमा पठाएको बताए ।
स्रोत नखुलेको २७ लाख ५१ हजार १ सय २० रपैयाँ नेपाली नोट पक्राउ गरीएको जनाए । ६ लाख १९ हजार ६ सय ५१ रुपैयाँ अबैध भारतिय नोट पक्राउ गरी सम्बन्धित निकायमा पठाईएको बताए ।
भारतबाट लागुऔषध तस्करी गरी ल्याईएको ब्राउन सुगर, डाईजोल्याब, फेनार्गन, नोरफिन, विनसिरेक्स, कोरेक्स, नाईट्रोभेट, सिम्पलेक्स, भ्याट, प्रोमीथाइजन, फेनरीमाईन, एभिल, जाईकोमान हाईड्रो म्लोराईड, स्प्यासमो लगायत गाँजा र चरेश समेत पक्राउ गरी कारबाहीकालागी जिल्ला प्रहरी कार्यालय, पर्सामा बुझाएको डि.एस.पी.थापाले जनाए ।
पर्सा जिल्ला भारतसँग जोडिएको अन्तर्राष्ट्रीय सिमा १ सय ७ किलोमीटर रहेकाे छ । उक्त १ सय ७ किलो मिटर दुरी रहेको खुल्ला अन्तर्राष्ट्रीय सिमाको सुरक्षा गर्न ५ देखि ७ किलोमीटरको दुरीमा १७ वटा बी.ओ.पी. स्थापनार्थ गरीएको र सो बी.ओ.पी.मा ३५ देखि ५० जना सशस्त्र प्रहरी कार्यरत रहेको डि.एस.पी.थापाले जानकारी गराउनु भयो ।
पर्सा जिल्लाको सिमानामा रहेको ठुलो, मझौला, सानो र रिफ्रेन्स गरी १ हजार ५९ वटा सिमा स्तम्भ दुरुस्त रहेको डि.एस.पी.थापाले बताउनु भयो ।
प्रतिक्रिया