ads
neelambads

बीरगंजको सुर्या हस्पिटलमा बिरामीको भिड


बीरगंज १ असोज । पर्सा जिल्लाको बीरगंज महानगगरपालिका वडा नं. २ मा रु. १० करोड रुपैया भन्दा बढी लगानीमा सुबिधा सम्पन्न सुर्या हस्पिटलको भवन निर्माण गरी आफ्नै हस्पिटलको भवनमा २ महिना देखी हस्पिटल संचालनमा आएको छ ।

सो हस्पिटलमा सर्जन डा. ऐनामुल हक, अर्थाे डा. सराेज सिहं, गाईनो डा. मोनिका सिंह र डा. एनी पाण्डे, मेडिसिन डा. सरोज रोशन दास, डेन्टल डा. पुनम पाण्डे, न्यूरो डा. रञ्जित चौरसिया र डा. अनिस अहमद, फिजिसियन डा. एम इजाहार , बालरोग डा. कुशराज गिरी र डा. रुपेश सिंहले बिरामीहरुको चेकजाँच गर्नुको साथै औषधि उपचार समेत गर्दै आउनु भएको छ ।

भने हस्पिटलले अनकलमा डा. अरुण कुमार कर्ण र डा. शैलेस ठाकुरलाइ समेत हस्पिटलमा बाेलाइ बिरामीहरुको चेकजाच गराउनुको साथै औषधि उपचार गराउदै आ एको प्रशाकिय प्रमुख सच्चितान्नद सिहंले यस दैनिकलाई जानकारी गराउनु भयो ।

हस्पिटलले आफ्नै ल्याब, सिटी स्क्यान, ऐक्सरे, ईसिजी, फार्मेसी, सर्जिकल आईसीयू , सीसीयू , एन आईसीयू , पिडिया, लेबर रुम, जेनरल वार्ड, केबिन लगायत ४ वटा अप्रेशन थिएटर समेत बनाइ बिरामीहरूकाेलागी बीरगंजकाे एकमात्र सुबिधा सम्पन्न हस्पिटल सुर्या नै रहेको प्रशासकीय अधिकृत सिहंले  दाबी समेत गर्नु भयो ।

हस्पिटलमा संचालित बेडको १० प्रतिशत बेड गरीब निमुखा र असाहायहरुकाेलागी नि : शुल्क हस्पिटलले उपलब्ध गराउदै आएको प्रशाकिय अधिकृत सिंहले जानकारी गराउनु भयो ।

साथै हस्पिटलले संचालन गरेको ईमरजेन्सी सेवा २४ सै घण्टा संचालनमा रहेको छ । उक्त ईमरजेन्सी सेवा शाखामा मेडिकल अफसर डा. नागेन्द्र गुप्ता, डा. बिबेक यादव, डा. कलाम, डा. कृष्णा साह र डा. अञ्जली चौरसियाले बिरामीहरूको औषधि उपचार गर्दै आउनु भएको छ ।

हस्पिटलमा हस्पिटल प्रशासनले हस्पिटलमा कार्यरत कर्मचारीहरूलाइ तिन सिफ्टमा बिभाजन गरी हस्पिटल २४ सै घण्टा संचालन गर्दै आएको छ । उक्त तिनै सिफ्टमा दुई - दुई जना गरी पारा मेडिकल स्टाफको समेत ब्यावस्था गरीएकाे हस्पिटल प्रशासन प्रमुख सिंहले बताउनु भएकाे छ ।




Post a Comment

Previous Post Next Post
neelambAd
ads