अजय प्रजापतिबाट
वीरगंज ३० फाल्गुन । नेपाल तुरहा कल्याण समिती केन्दीय कार्यालय काठमाण्डौ शाखा कार्यालय वीरगंज पर्साले राष्ट्रिय पहिचान जातीय स्वाभिमान सहित समग्र विकास र आत्म सम्मान रक्षार्थकालागि तुरहा समुदाय एक जुट होऔं भन्ने मुल नारा सहित बीरगंजकाे नगर सभागृहमा आइतबार हाेली मिलन समाराेह कार्यक्रमकाे आयोजना गरयाे ।
उक्त हाेली मिलन समाहराेह कार्यक्रमकाे प्रमुख अतिथी अजय कुमार साह तुरहाले अब स्वजातियहरु संगठनकासाथै अन्य क्षेत्रमा पनि तुरहा समाज संगठित भइ अगाडी बढेमा मात्र आफ्नो हकअधिकार सुनिश्चितता हुने धारणा राख्नु भएकाे थियाे ।
विपिन साह तुरहाको अध्यक्षतामा भएकाे हाेली मिलन समाराेह कार्यक्रममा जग्गादाता तुलसीलाल साह तुरहा, उपाध्यक्ष पुनदेव साह तुरहा, महासचिव हरिशचन्द्र प्रसाद तुरहा, सचिव उमेश साह तुरहा, लालपरी देवी, गुडिया देवी तुरहिन, सल्लाहकार राजु साह तुरहा लगायतले कार्यक्रममा आ आफ्नो शुभकामना तथा बिचार ब्यक्त गर्नु भएको थियो ।