ads
neelambads

भारतिय सवारी साधनकाे लामाे लाइन, लाइनमा बसेकाे कतिपय गाडीकाे भंसार फेल


बीरगंज १४ माघ । आइ.सी.पी. गेट देखि भारतिय ट्रक, ट्यङ्कर , कन्टेनर, ग्याँस बुलेट लगायतको मालबाहक सवारी साधनको लामो लाइन बहुअरी चौकसम्म आज साँझ सम्म रहेको थियो ।

सो सडकमा भारतिय मालबाहक सवारी साधनको लामो लाइनका कारण बीरगंज - पोखरीया आवत जावत गर्ने सार्वजनिक सवारी साधन टेम्पु , ट्याक्टर,  जिप, कार, भ्यान, मोटर साइकल, साइकल तथा पैदाल यात्रुलाइ समेत उक्त सडकमा कठिनाइ भोग्नु परी रहेको थियो ।

उक्त भारतिय मालबाहक सवारी साधनको लामो लाइनलाइ यस दैनिक पत्रिकाका सम्पादक कन्हैया गुप्ताले पछयाउदै आइ. सी.पी. गेट अगाडी पुग्नु भएको थियो ।

सो आइ.सी.पी.गेट अगाडी भारतिय चालकको भिड जम्मा रहेको थियो । भने केही चालकहरूको समुह त्यहाँ डियुटीमा खटिरहेका प्राइबेट सेक्युरिटी गार्डसँग कुराकानी गरी रहेका थिए ।

आइ.सी.पी.को दायाँ गेटबाट बाहिर निस्किने गेट अगाडीको मुल सडकबाट पहिला बसेको प्राइबेट सेक्युरिटी गार्डले ५०० देखि १००० रूपैयाँ लिएर मालबाहक सवारी साधन आइ.सी.पी.गेटबाट प्रबेश गराएकाे कुरा लिएर चालक - चालक बिच चर्चा परिचर्चा चल्दै थियो र उक्त समयमा पनि साेही गेट अगाडी मुल सडकमा प्रबेश गराउनकालागी भारतिय मालबाहक सवारी साधनकाे लामाे लाइन समेत लागेकाे थियाे । तर प्रबेश उक्त समय बन्द रहेकाे देखिएकाे थियाे ।

सो कुरा भारतिय चालकहरूसँग सोधपुछ गर्दा सहि कुरा हो जनाए । तर गेट भित्र पुग्दा उक्त सेक्युरिटी गार्ड नै भेटेन्न । 

लामो लाइनमा रहेका भारतिय मालबाहक सवारी साधनका चालकलाइ  मुल सडकबाट आइ..सी.पी. का सेक्युरिटी गार्डहरूले बोलाएर आइ.सि.पि.गेटको दायाँ पट्टी रहेको खाली जग्गामा पार्किङ्ग गर्न लगाउने र प्रत्येक मालबाहक सवारी साधनको चालकसँग १०० देखि २०० रूपैयाँ भारतिय पार्किङ्ग शुल्क लिने गरेको तर पार्किङ्ग रसिद चाही दिने नगरेकाे भारतिय चालकहरूले यस दैनिकलाइ जानकारी गराए । 

भारतिय मालबाहक सवारी साधनका चालक सुजित कुमार यादवले ५ दिन देखि लाइनमा बसेका कारण गाडीकाे भंसार फेल भइ सकेकाे जनाए ।

 

Post a Comment

Previous Post Next Post
neelambAd
ads