ads
neelambads

बीरगंज महानगरपालिकाकाे सार्वजनिक जग्गा अरबाै रूपैयाँकाे अतिक्रमित

 

वीरगंज २० कार्तिक । 

अप्रत्यक्षरूपमा केही बिशेष राजनिति दलकाे सहयाेगमा बीरगंज महानगरपालिकाभित्र अरबाै रूपैयाँकाे  सार्वजनिक खाली जग्गा अतिक्रमण गरी घर टहरा बनाइ बर्षाैदेखि बसाेबास गर्दै अाइ रहेका थिए ।

वीरगंज महानगरपालिकाले आदर्शनगरस्थित मकालु होटल पछाडि रहेको माइराम पोखरीको जग्गा अतिक्रमण गरेर निर्माण गरेका भौतिक संरचना हटाउने भएको छ ।


महानगरपालिकाले माइराम पोखरीको जग्गा भएको स्थानमा भएका संरचनाको निस्सा पेश गर्न सम्बन्धित व्यक्तिहरूलाई पत्र काटेर माँग गरेको थियो ।

तर, दिएको समयमा एक जनाबाहेक कसैले पनि निस्सा पेश नगरेपछि महानगरको टोली आज सम्बन्धित व्यक्तिहरूको घरघरमा पुगेर २४ घण्टा भित्र निस्सा बुझाउन आग्रह गरेको छ ।

टोलीले अबको २४ घण्टाभित्र निस्सा नबुझाए पोखरीले ओगटेका जग्गामा बनेका संरचना महानगरले भत्काउने भन्दै तत्काल निस्सा बुझाउनुपर्ने नभए संरचना भत्काएर आफ्ना सामान सुरक्षित ठाउँमा राख्न अतिक्रमणकारीहरुलाइ अनुराेध गरेको छ ।

महानगरले पठाएको पत्र अटेर गर्दै निस्सा नबुझाएकाहरूलाई नगर प्रहरी र नक्सा शाखाका कर्मचारी सहितको टोलीले आज घरघरमै पुगेर सम्झाउने काम गरेको र सोमबारबाट भने संरचना भत्काउन सुरु गरिने वीरगंज महानगरपालिका नगरप्रमुख राजेशमान सिंहले संचारकर्मीलाइ जनाएका छन ।

महानगरपालिकाका नगर प्रमुख सिंहले झण्डै ४ बिगाहा क्षेत्रफलमा फैलिएको जग्गा अतिक्रमण भई १५ कट्ठामा सीमित भएको भन्दै अब पोखरी साबिकको अवस्थामा फर्किने दाबी गरेका छन । 

नगरप्रमुख सिंहले पहिलो चरणमा माइराम पोखरीबाट सुरु गरिएको अभियान यसपछि नगरका अन्य क्षेत्रमा अतिक्रमित सार्वजनिक जग्गा फिर्ता ल्याएर मात्रै सम्पन्न हुने जनाए ।

वीरगंज महानगरपालिकाको नक्सा फाँटको तथ्याङ्क अनुसार मकालु होटल पछाडि रहेको माइराम पोखरीको जग्गा चार बिघा १३ कट्ठामा रहेकाे जनाए ।

Post a Comment

Previous Post Next Post
neelambAd
ads