अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरी घिमिरेका अनुसार अधिकारीले वरिष्ठ सहायक पदमा बढुवा प्रयोजनका लागि प्रमाणपत्र तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी पदोन्नति भएको पाइएको छ ।
भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम निजविरुद्ध कैद र जरिवाना सजाय हुन मागदाबी लिई शुक्रबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर भएको आयोगले जनायाे ।
यसैगरी, चितवनको भरतपुर नगरपालिका वडा नं. २६ बस्ने नन्दलाल पौडेलविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको छ ।
आयोगका अनुसार सरकारी साक्षीका रुपमा पेस गरिएका पौडेलले सञ्चालन गरेको ‘ए प्लस मेडिको’ बाट बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरमा औषधी सप्लाई गरे बापत प्राप्त गर्नुपर्ने भुक्तानी रकम प्राप्त गर्नका लागि प्रतिवादी अमृता कोइरालालाई एक लाख ५० हजार रुपियाँ नगद र चेक चार लाख ५० हजार रुपियाँ गरी जम्मा ६ लाख रुपियाँ घुस दिएका थिए ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिम पौडेललाई जरिवाना हुन एवम् प्रतिवादी अमृता कोइरालाले लिइसकेको घुस रकम ६ लाख रुपियाँ बिगो समेत जफत हुन मागदाबी लिई शुक्रबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर भएको आयोगले जनायाे ।
प्रतिक्रिया