वीरगंज २५ असार । वीरगंज स्थित रहेकाे स्वीमिङ्ग पुलमा डुबेर बुधबार एक बालकको मृत्यु भएको समाचार छ ।
वीरगंजकाे आदर्शनगर स्थित रहेकाे स्वीमिङ्ग पुलमा डुबेर वीरगंज महानगरपालिका वडा नम्बर ११ मा बस्ने प्रमोद रौनियारकाे ९ वर्षीय छोरा बजरंगी रौनियारको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक किशोर लम्सालका अनुसार डुबेर अचेत भएका उनलाई चिकित्सकले मृत घोषणा गरेका छन ।
घटना शङ्कास्पद रहेकोले सूक्ष्म अनुसन्धान सुरु गरिएको पर्सा प्रहरीले जनाएको छ । नाबालकको शव पोस्टमार्टमका लागि वीरगंज स्थित नारायणी अस्पतालमा राखिएको छ ।
प्रतिक्रिया