बीरगंज २५ असार । बारा जिल्लाको बिश्रामपुर गा.पा. कार्यालयले वडा नं. ५ मा रहेको ऐलानी जग्गामा बर्षौ देखी बसोबास गर्दै आएका गरीब निमुखाहरुको फुसका घर केही महिना अगाडी डोजर लगाएर तोड़फोड़ गरी उक्त ऐलानी जग्गा खाली गराएको थियो ।
सो खाली गराईएको ऐलानी जग्गामा बीरगंज स्थित रहेको पर्यटन बिकास कार्यालय, पर्सा अन्तर्गत आएको बजेटको रकमबाट ऐलानी जग्गामा धर्मशाला तथा बिबाह मण्डप निर्माण कार्य २०/२५ दिन देखि जोडतोडकासाथ बिहान - बेलुका हुदै आएको थियो ।
तर उक्त धर्मशाला तथा बिबाह मण्डपको निर्माण कार्य २/३ दिन देखी बीरगंजको नगवाका ठेक्केदारले स्थगित गरेको कुरा स्थानियबासीले यस दैनिकलाई सोमवार जानकारी गराए ।
पर्यटन बिकास कार्यालय पर्साका निमित्त प्रमुख बबिता जैसवाललाई सोमवार बेलुकी उक्त धर्मशाला तथा बिबाह मण्डपको निर्माण कार्य स्थगन हुनुको मुख्य कारण के हों ? बजेटको रकम बराबरको निर्माण कार्य भयो कि भएन ? धर्मशाला तथा बिबाह मण्डप निर्माण कार्य स्थलमा स्टिमेट बोर्ड किन राखिएन ? पर्यटन बिकास कार्यालय, पर्साबाट खटी जाने अनुगमन टोलीले कार्यालयमा रिपोर्ट गरे कि गरेनन ? गरयो भने स्टिमेट बोर्ड किन अहिलेसम्म जनताले देख्ने गरी निर्माण कार्य स्थलमा राखियो ? भन्ने जनमानसमा प्रश्न उब्जिएका जवाफ लिइन जाँदा दिइनै नचाहेर हाे कि ५ मिनेट भेटन चाहिनन कि ? तर केही समय पछि मंगलबार आज भेटन निमित प्रमुख जैसवालले फाेन गर्ने कार्यालय सहायक मार्फत यस दैनिकलाइ खबर जानकारी गराएकी थिइन ।
प्रतिक्रिया